रोहित शर्मा र वासिंगटन सुन्दरको प्रदर्शनमा भारतको जित

  • विकेटनेपाल, चैत्र १ – बिहिबार

आयोजक श्रीलंकासमेत सम्मिलित त्रिकोणात्मक टी- २० सिरिजको पाचौं खेलमा भारतले बंगलादेशलाई १७ रनले पराजित गरेको छ । जितसँगै भारतले अंकतालिकाको शिर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनायो ।

बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो । उसका लागि रोहित शर्माले ८९ रन (६१ बल, ५ चौका, ५ छक्का) प्रहार गर्दै पहिलो विकेटको लागि शिखर धवनसँग मिलेर ७० रनको तथा दोश्रो विकेटको लागि सुरेश रैनासँग मिलेर १०२ रनको साझेदारी गरेका थिए । धवनले ३५ रन (२७ बल, ५ चौका, १ छक्का) र रैनाले ४७ रन (३० बल, ५ चौका, २ छक्का) बनाए ।

बंगलादेशका लागि रुबेल हुस्सैनले २ विकेट लिन ४ ओभरमा मात्र २७ रन खर्चिए ।

जवाफमा भारतका वासिंगटन सुन्दरले सुरुवातका ३ विकेट लिन ४ ओभरमा मात्र २२ रन खर्चेपछी बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । उसका लागि मुश्फिकर रहिमले अविजित ७२ रन (५५ बल, ८ चौका, १ छक्का) प्रहार गरेपनि अर्को छेउबाट साथ नपाउँदा जितको लागि पर्याप्त हुन सकेन । भारतका मोहम्मद सिराज, शार्दुल ठाकुर र युज्बेन्द्र चाहलले १/१ विकेट लिए ।

खेलमा उत्कृस्ट ब्याटिंग गरेका भारतीय कप्तान रोहित शर्मा म्यान अफ द म्याच घोषित भए ।

(Graphics: @BCBtigers)

अंकतालिका

जारि त्रिकोणात्मक टी- २० सिरिजको नतिजा

पहिलो खेल: श्रीलंका Vs भारत – श्रीलंका ५ विकेटले बिजयी
दोश्रो खेल: बंगलादेश Vs भारत – भारत ६ विकेटले बिजयी
तेस्रो खेल: श्रीलंका Vs बंगलादेश – बंगलादेश ५ विकेटले बिजयी
चौथो खेल: श्रीलंका Vs भारत – भारत ६ विकेटले बिजयी
पाचौं खेल: बंगलादेश Vs भारत – भारत १७ रनले बिजयी
छैठौ खेल: श्रीलंका Vs बंगलादेश – १६ मार्च
फाइनल खेल: भारत Vs TBA – १८ मार्च





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]