पटेल, स्टोइनिस र अलिले रन बनाउंदा बेंगलोरले जोड्यो १५८ रन

Parthiv Patel, Marcus Stoinis
  •  विकेटनेपाल – १९ चैत्र, मंगलवार 

पार्थिव पटेलले सानदार ब्याटिंग गर्दै ६७ रनको इनिंग खेलेपछि इन्डियन प्रिमियर लिग ( आइपिएल ) क्रिकेटको बाह्रौं संस्करणको १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरको राजस्थान रोयल्सलाई १५९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

राजस्थानको घरेलु मैदान सबाइमान सिंह स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको बेंगलोरको निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५८ रन जोड्न सफल भयो। उसका पार्थिव पटेलले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै मार्कस स्टोइनिसले अविजित ३१, विराट कोहलीले २३ र मोइन अलिले अविजित १८ रन जोड्न सफल रहे।

पहिलो विकेटका लागि कप्तान कोहली र पार्थिव पटेलले ४९ रनको साझेदारी गर्दा बेंगलोरले राम्रो सुरुवात पायो। सातौँ ओभरको तेस्रो बलमा श्रेयस गोपालको गुग्लिमा बोल्ड भएका कोहलीले २५ बलमा ३ चौका सहित २३ रन जोडे। कोहलीको विकेट पश्चात बेंगलोरका ब्याट्सम्यानले गोपालको लेग स्पिन बुझ्न सकेनन्।

Shreyas Gopal
Shreyas Gopal

कोहली लगत्तै एबी डीभिलियर्स १३ रन बनाएर गोपालको हातबाट कट एण्ड बोल्ड हुन पुगे। बेंगलोरको स्थितिलाई थप खराब बनाउन गोपालले एघारौँ ओभरको पहिलो बलमा १ रन जोडेका शिम्रोन हेट्माएरलाई समेत विकेटकिपर जस् बट्लरको हातबाट क्याच आउट गराए।

त्यसपश्चात भने बेंगलोरको इनिंग उकास्ने क्रममा पार्थिव पटेल र मार्कस स्टोइनिसले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे। ४१ बलमा ९ चौका र १ छक्का सहित ६७ रन जोडेका पटेल अठारौँ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्ने कोसिसमा जोफ्रा आर्चरको शिकार बने।

पटेलको विकेट पश्चात ब्याटिंग गर्न उत्रिएका मोइन अलि र क्रिजमा सेट रहेका मार्कस स्टोइनिशले इनिंगको अन्त्यतर्फ ठूला सट प्रहार गर्दै बेंगलोरलाई १५८ रनको अवस्थामा पुर्याए। अलिले ९ बलमा २ चौका र १ छक्का सहित १८ रन जोड्दा स्टोइनिसले २८ बलमा २ चौका र १ छक्का सहित ३१ रन जोडे।

Moin Ali, Marcus Stoinis
Moin Ali, Marcus Stoinis

राजस्थानको बलिङ्गमा श्रेयस गोपालले ४ ओभरमा मात्र १२ रन खर्चेर कोहली, डीभिलियर्स र हेट्माएरको ठूलो विकेट हात पारे। यस्तै जोफ्रा आर्चरको नाममा १ विकेट रह्यो।

प्रतियोगितामा दुवै टोलीले समान ३-३ खेल्दा दुवै टोली सबै खेलमा पराजित बन्दै अंकबिहिन रहेका छन्।

Photos : IPL





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]