टि-टेन क्रिकेटमा अफ्रिदीको ह्याट्रिक, शिकार भए सेहवाग ( भिडियो सहित )

  • विकेटनेपाल, मङ्सिर २९

संयुक्त अरब इमिरेट्समा आयोजना भईरहेको टि-टेन लिग क्रिकेटमा साहिद अफ्रिदीले ह्याट्रिक लिंदै नयाँ किर्तिमान बनाएका छन्।

पहिलोपटक आयोजना गरिएको टी-टेन प्रतियोगिताको मात्र दोश्रो खेलमा अफ्रिदीले पख्टून्सको लागि खेल्नेक्रममा मराठा अरबीयन्स बिरुद्द ह्याट्रिक लिदै क्रिकेटको सबैभन्दा छोटो फर्म्याटमा ह्याट्रिक लिने पहिलो खेलाडी बनेका छन् ।

अफ्रिदीले इनिंगको पाँचौ ओभरमा तथा व्यक्तिगत टी-१० क्रिकेटको पहिलो ओभरको पहिलो ३ बलमै ह्याट्रिक लिएका हुन्। ह्याट्रिक लिनेक्रममा उनले रुइले रस्सो, ड्वेन ब्राभो र ह्याट्रिक बलमा विरेन्द्र सेहवागलाई आउट गरेका हुन्। उनले २ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका हुन् ।

कुनै समय ४६/४ को स्थितिमा रहेको मराठा अरबीयन्सका लागि विरेन्द्र सेहवागको प्रदर्शनको आशा गरिएको थियो तर उनलाई एलबिडब्ल्यु धरापमा पार्दै अफ्रिदीले ह्याट्रिक लिए।

टस हारेर पहिले ब्याटिंग गरेको पख्टून्सले १० ओभरमा ४ विकेट गुमाएर  १२१ रनको योगफल तयार पारेको थियो । उसका फकर ज़मांले २२ बलमा ३ चौका र ३ छक्का सहित अविजित ४५ रन बनाए भने लियाम दौसनले २३ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४४ रन बनाए ।

जवाफमा शहिद अफ्रिदीले ह्याट्रिक लिएपछि मराठा अरबीयन्स  १० ओभरमा ७ विकेट गुमाउदै ९६ रनमा रोकियो र खेल २५ रनले गुमायो । उसका लागि एलेक्स हेल्सले २६ बलमा अविजित ५७ रनको पारि खेलेपनि टिमलाई जिताउन सकेनन् ।

डिसेम्बर १४ देखि १७ सम्म चल्ने प्रतियोगितामा भारत, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिज, श्रीलंका, युएई लगायत विभिन्न देशका खेलाडीहरुलाई ६ टिममा विभाजन गरिएको छ । टिमहरुको नाम पख्टून्स, मराठा अरबीयन्स, टिम श्रीलंका क्रिकेट, पन्जाबी लेजेंड्स, केरेला किंग्स, बङ्गाल टाइगर्स राखिएको छ ।

भिडियो हेर्नुस 

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]