आइपिएलमा सन्दिपको प्रदर्शन : ३ खेलमा ५ विकेट (भिडियो सहित)

  • विकेटनेपाल, जेठ ६ – आइतबार

नेपाली खेलाडीलाई बिदेशमा प्रतिष्ठित लिगहरु केहि समयसम्म टेलिभिजनमा मात्र सम्भव थिए । तर त्यो ट्रेन्ड अहिले आएर परिवर्तन भएको छ । त्यसैको उदाहरण बनेका छन् १७ बर्षीय युवा खेलाडी सन्दिप लामिछाने जसले भारतमा जारि क्रिकेट जगतमा सबैभन्दा चर्चित र धेरै पुरस्कार राशिको प्रतियोगितामा सफलतापुर्वक सहभागिता जनाएका छन् ।

उनले आइपिएल अन्तर्गत दिल्ली डेयरडेभिल्सबाट समूह चरणका अन्तिम ३ खेलहरु खेल्ने अवसर पाएका थिए जहाँ उनले उत्कृस्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएका छन् । उनले ३ खेलमा गरेको प्रदर्शन यस्तो रह्यो:

पहिलो खेल: दिल्ली डेयरडेभिल्स Vs रोयल च्यालेंजर्स बैंगलोर

दिल्ली आइपिएलको प्लेअफ सम्भावनाबाट बाहिरीको थियो तर बाहिरिएसँगै हामीले देखेको सपना साकार हुँदै थियो । खेलको दिन प्रशिक्षक रिक्की पोंटिंगले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए ।

इन्डियन प्रिमियर लिगको एघारौँ संस्करण अन्तर्गतको ४५ औं खेलमा १७ बर्षीय लामिछानेले दिल्ली डेयरडेविल्सको तर्फबाट भारतीय टिमका समेत कप्तान रहेका विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बेंगलोरबिरुद्द डेब्यु गरेका हुन् ।

सन्दिपले इनिंग सुरुवात गर्नेक्रममा पहिलो ओभर बलिंग गर्दै मात्र २ रन खर्चिएका थिए भने दोश्रो ओभरमा एक चौका खर्चेका उनले त्यसपछिको बलमा पार्थिव पटेललाई एलबिडब्ल्यु धरापमा पार्दै आफ्नो पहिलो आइपिएल विकेट लिएका हुन् ।  ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिनेक्रममा त्यसपछि विराट कोहली र एबी डी भिल्लियर्सलाई पनि सम्हालेर बलिंग गरेका थिए ।

दोश्रो खेल: दिल्ली डेयरडेभिल्स Vs चेन्नाइ सुपरकिंग्स

डेब्यु खेलमा उत्कृस्ट खेल प्रदर्शन गरेका लामिछाने दोश्रो खेलमा पनि उत्कृस्ट लयमा देखिएका थिए । टिमको पहिलो ११ खेलमा बिदेशी कोटामा पर्न मुस्किल देकिएको अवस्थामा यो खेलमा दिल्लीले मात्र ३ बिदेशी खेलाडी खेलाएको थियो जसमा सन्दिप पनि परेका थिए ।

करिब १७ वर्षदेखि भारतको रास्ट्रीय टिमबाट खेलेका पार्थिव पटेललाई आउट गरेका सन्दिपसँग यो पालि भारतका सबैभन्दा सफल कप्तानको टिमसँग राम्रो प्रदर्शन गर्ने अवसर थियो, उनले त्यसको सदुपयोग गरे । उक्त खेलमा आइपिएलमा दोश्रो सर्बाधिक धेरै रन बनाएका सुरेश रैनालाई आफ्नो सिकार बनाए भने महेन्द्र सिंह धोनी, अम्बाती रायडु, शेन वाटसन जस्ता खेलाडीको सामु ४ ओभरमा मात्र २१ रन खर्चिए ।

तेस्रो खेल: दिल्ली डेयरडेभिल्स Vs मुम्बई इन्डियन्स

यो पालि उनीसँग क्रिकेटका भगवान भनेर परिचित सचिन तेन्दुलकर कोचिंग स्टाफ रहेको मुम्बई इन्डियन्स बिरुद्द आफ्नो धमाका देखाउने । उनले सोहि अनुरुप प्रदर्शन गर्दै ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट हात पारे ।

पारीको पहिलो ओभरमा १३ रन खर्चेर सुर्यकुमार यादवको विकेट लिएका उनले दोश्रो ओभरमा ६ रन खर्चेर किरण पोलार्ड र क्रुनाल पान्ड्यको विकेट लिएका थिए । तेस्रो ओभरमा केहि महँगो साबित हुँदै १३ रन खर्चेपनि अन्तिम ओभरमा मात्र ४ रन खर्चिदै उत्कृस्ट खेल प्रदर्शन गरे ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]