- विकेटनेपाल, असार २७ – बुधबार
क्यानडामा जारि ग्लोबल टि२० लिगमा सन्दिप लामिछानेले ३ विकेट तथा सुनिल नारिनले आक्रामक अर्धशतक बनाएपछि मोन्टरियल टाइगर्सले पहिलो चरणको समूह बिजेता वेस्ट इन्डिज ‘बि’लाई १५ बल अगावै ६ विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इन्डिज ‘बि’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो। उसका लागि शमार स्प्रिंगरले सर्बाधिक ६२ रन बनाउन ४० बलमा ७ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै निकोलस पुरनले २५ रन ( २६ बल, १ चौका, २ छक्का) तथा ब्रेण्डन किंगले २३ रन (१० बल, ५ चौका) बनाएका थिए।
मोन्टरियल टाइगर्सका लागि खेलमा सर्बाधिक सफल बनेका सन्दिप लामिछानेले ३ विकेट लिनेक्रममा वेस्ट इन्डिज ‘बि’का तर्फ सर्बाधिक रन बनाउने ३ जना स्प्रिंगर, पुरन तथा किंगलाई आउट गरे। १३ डट बल गरेका लामिछानेले ४ ओभरअ ३१ रन खर्चिंदा सेसिल पर्वेजले २ विकेट लिन ३६ रन खर्चेका थिए।
First innings wickets highlights. #MTvCWI #6sInThe6ix #GT20Canada pic.twitter.com/mO4sej1w5I
— GT20 Canada (@GT20Canada) July 10, 2018
जवाफमा लक्ष्य पछ्याएको मोन्टरियल टाइगर्सका लागि आफ्नो घरेलु टिमबिरुद्द सुनिल नारिनले ६१ रन बनाउनेक्रममा २५ बलमा १ चौका र ९ छक्का प्रहार गरे। त्यस्तै मोइसेस हेनारिक्वेसले ३२ रन (३० बल, २ चौका) प्रहार गर्दा सिकन्दर राजाले अविजित ३२ रन (२९ बल, २ चौका, ३ छक्का) तथा नाजिबुल्लाह ज़द्रानले अविजित २९ रन (१२ बल, ४ छक्का) बनाउँदै पाचौं विकेटका लागि अविजित ४४ रनको साझेदारी गर्न मात्र १८ बल खर्चे।
अब मोन्टरियल टाइगर्सलाई सेमिफाइनलमा प्रवेश गर्नको लागि आज राति हुने एडमोन्टोन रोयल्स र विन्नीपेग हवक्सबिचको खेलमा हवक्स भारि अन्तरले पराजित हुनुपर्नेछ। मोन्टरियल टाइगर्सको ६ खेलपछी नेट रन रेट -०.३२२ रहेको छ भने विन्नीपेग हवक्सको ५ खेलबाट समान पोइन्ट्स सहित +०.४४४ रहेको छ त्यसैले सन्दिपको टिम अर्को चरणमा प्रवेश गर्ने गणितीय सम्भावना मात्र बाँकी देखिन्छ।
खेलतालिका यस्तो रहेको छ: