सन्दिप आज फर्किदै

  • विकेटनेपाल, जेठ ८ – मंगलबार

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट सकेर सन्दिप लामिछाने आज अर्थात मंगलबार नेपाल फर्कंदैछन् ।

नेपाली रास्ट्रिय क्रिकेट टिमका टेक्निकल एनालिस्ट / ब्यबस्थापक रमण सिवाकोटीले दिएको जानकारी अनुसार सन्दिप जेट एयरवेजको बिमानबाट दिउँसो ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन ।

१७ बर्षीय युवा खेलाडी भारतमा जारि इन्डियन प्रिमियर लिग क्रिकेट खेल्न चैत्र १३ मा दिल्ली प्रस्थान गरेका थिए । त्यसपछि आफुलाई खरिद गरेको टिम दिल्ली डेयरडेभिल्ससँग करिब करिब २ महिना बिताएर उनि नेपाल फर्किन लागेका हुन् ।

२ महिना लामो भ्रमणमा उनले विश्व क्रिकेटमा राज गर्दै आएका खेलाडीहरुसँग खेल्ने मौका पाए भने विराट कोहली, एबी डी भिल्लियार्स, महेन्द्र सिंह धोनी, शेन वाट्सन, वेन कटिंग जस्ता खेलाडीहरुलाई बिपक्षीको रुपमा बलिंग गर्न समेत पाए ।

आफ्नो उत्कृस्ट खेल कौशलता देखाएका उनले टिमका लागि अन्तिम ३ खेल खेल्ने मौका पाएका थिए । उक्त क्रममा उनले भारतका कप्तान विराट कोहलीको टिमबिरुद्द डेब्यु खेल खेल्दै करिब १७ बर्ष अन्तर्राष्ट्रिय खेल खेलिसकेका पार्थिव पटेललाई आउट गरेका थिए भने ४ ओभर बलिंग गरेर मात्र २५ रन खर्चेका थिए ।

त्यस्तै पुर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपरकिंग्सबिरुद्द अझ उत्कृस्ट खेल पस्कँदै आइपिएल क्रिकेटमा दोश्रो सर्बाधिक रन बनाएका सुरेश रैनालाई सिकार बनाउनेक्रममा ४ ओभरमा मात्र २१ रन खर्चे ।

डेब्यु सिजनको अन्तिम खेललाई अविस्मरणीय बनाउनेक्रममा प्लेअफको संघारमा रहेको ३ पटकको बिजेता मुम्बई इन्डियन्स बिरुद्दको खेलमा ३६ रन खर्चिंदै केहि महँगो साबित भएपनि सुर्यकुमार यादव, काईरण पोलार्ड र क्रुनाल पान्ड्य जस्ता खतरनाक ब्याट्सम्यानलाई आउट गरेका थिए ।

आइपिएल क्रिकेटको ११ औं संस्करण सुरु हुनु अघि भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेलाई भारतीय २० लाख रुपैयाँमा अनुबन्धन गरेको थियो ।

Sandeep Lamichhane




थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]