सौरभको अर्धशतक र भिमले आक्रामक ब्याटिंग गर्दा रोल्पा गुरिल्लाजको बिशाल जित

Saurabh Khanal
  • विकेटनेपाल, ६ बैशाख 

आशिर्बाद पेन्ट्स नेपालगंज कप टि-२० क्रिकेट प्रतियोगिताको बिहिबार सम्पन्न दोश्रो खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गुरिल्लाजले जीशान बाँके ब्लास्टर्सलाई ७९ रनको फराकिलो अन्तरले पराजित गरेको छ। दिनको पहिलो खेलमा बर्दिया टाइगर्सले पाल्पा योद्धाजलाई ८ रनले पराजित गरेको थियो।

सौरभ खनालले अर्धशतक प्रहार गरे

कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिंग गरेको रोल्पा गोरिल्लाजले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो।

ओपनिंग ब्याटिंग गरेका सौरभ खनालले अर्धशतकीय इनिंग खेल्दै टिमलाई उत्कृस्ट सुरुवात दिलाएका थिए। ४५ बलमा ६ चौका र २ छक्का मदतले ५३ रन बनाएका सौरभ खनालले पहिलो विकेटको लागि आकाश थापासंग ९५ रनको साझेदारी गरेका थिए। थापाले  रन बनाउन ३७ बलमा ४ चौका हिर्काए।

भिम शार्कीले १४ बलमा ४६ रन बनाए

गोरिल्लाजलाई बिशाल योगफलतर्फ डोर्याउन भिम शार्कीले अविजित आक्रामक ४६ रन योगदान दिए। उनले मात्र १४ बलको इनिंगमा ६ चौका र ३ छक्का प्रहार गर्नेक्रममा उत्कृस्ट सटहरु खेले। यस्तै सम्सुदीन अन्सारीले अविजित २३ रन योगदान दिए।

बाँके ब्लास्टर्सको लागि सोनु तामांग र अख्तर हुसेनले समान १/१ विकेट हात पारे।

जवाफमा १७३ रनको लक्ष्य पछ्याउने क्रममा बाँके ब्लास्टर्सले खराब ब्याटिंग गरेपछि ९३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। बाँकेको लागि खेलेका स्टार ब्याट्सम्यानहरु महेश क्षेत्री ( १७ ) , सोनु तामांग ( १६ ) रनमै आउट हुँदा टिमले ठुलो अन्तरको हार बेहोर्न पुग्यो। अजय शाहनीले सर्वाधिक २० रन बनाउन १५ बलमा २ छक्का र १ चौका प्रहार गरे पनि जितको अन्तर कम गर्न मात्र सक्षम भए।

बाँके कप्तान महेश क्षेत्री आउट भएपछि

रोल्पाका बलर बिनोद लामाले सर्वाधिक ३ विकेट लिने क्रममा ३.५ ओभरमा ४३ रन दिए भने आकाश थापा र मिराज अन्सारीले पनि २/२ विकेट लिए। खेलको प्लेयर अफ द म्याच रोल्पाका कप्तान समेत रहेका सौरभ खनाल घोषित भए।

पहिलो खेल 

चौथो दिनको पहिलो खेलमा बर्दिया टाइगर्सले पाल्पा योद्धाजलाई ८ रनले पराजित गर्दै आफ्नो दोश्रो खेलमा पहिलो जित हाँसिल गरेको छ। पाल्पाको यो लगातार दोश्रो हार हो।

टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो। उसको लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित २१ रन बनाए। यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान दिए।

Shubhendu Pandey
शुबेन्दु पाण्डे खेलको प्लेयर अफ द म्याच चुनिए

पाल्पा योद्धाजका बलर विजय चौधरीले सर्वाधिक २ विकेट लिन ४ ओभरमा ३३ रन खर्चिए। अमित तामांग, भिम धमला र यस हमालले समान १/१ विकेट हात पारे।

जवाफमा १४२ रन लक्ष्य पछ्याएको पाल्पा योद्धाजले पुरा २० ओभर ब्याटिंग गर्दा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। अनुपम सिंहले अविजित ४४ रन तथा प्रनित थापाले ३९ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन। अनुपमले ३७ बलमा १ छक्का र ६ चौका तथा प्रनितले ३१ बलमा ५ चौका र १ छक्का हिर्काए।

बर्दिया टाइगर्स बलर राजबिर सिंह, अविनाश बोहारा र भारत थापाले समान २/२ विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच शुबेन्दु पाण्डे घोषित भए।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]