अफ्रिदीको टि-२० मा पहिलो शतक, विस्फोटक ब्याटिंग ( भिडियो सहित )

  • विकेटनेपाल, ६ भदौ

शहिद अफ्रिदीले टि-२० क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् l  ( पुरा भिडियो सबैभन्दा तल ) 

इंग्ल्यान्डको नाटवेस्ट टि-२० ब्लास्ट प्रतियोगिताको आज राति सम्पन्न क्वार्टरफाइनल खेलमा ह्याम्पसायरको लागि ओपनिंग ब्याटिंग गरेको अफ्रिदीले १०१ रनको पारि खेल्दै डर्बीशायरको सेमीफाइनल पुग्ने सपना चकनाचुर पारे l

उमेरले ३७ पार गरिसकेका पाकिस्तानी स्टार अलराउण्डरले ४३ बलको इनिंगमा ७ वटा छक्का र १० चौका प्रहार गर्दै आफुलाई बुम ! बुम ! किन भनिन्छ पुनः प्रमाणित गरे l

अफ्रिदी बाहेक कप्तान जेम्स भिन्सेले ३६ बलमा ५५ तथा जर्ज बेलीले ११ बलमा २७ रन प्रहार गरेपछि ह्याम्पसायरले  २० ओभरमा २४९/८ को बिशाल स्कोर खडा गरेको थियो l १०१ रनको पराजय बेहोरेको डर्बीशायरले दोश्रो इनिंगमा १४८ रनमा सबै विकेट गुमायो l

बलिंगतर्फ भने अफ्रिदीले विकेट लिन सकेनन् र ३ ओभरमा २८ रन खर्चिए l लियम डसन र कायल एबोटले ३/३ विकेट लिंदै डर्बीशायरको इनिंग ध्वस्त पारे l खेलको प्लेअर अफ द म्याच शहिद अफ्रिदी घोषित भए l

उमेरले ३७ पार गरिसकेका अफ्रिदीले ४३ बलको इनिंगमा ७ छक्का र १० चौका प्रहार गर्दै आफुलाई बुम ! बुम ! किन भनिन्छ पुनः प्रमाणित गरे l

अफ्रिदीले शतक प्रहार गर्ने क्रममा सामना गरेको पहिलो ओभरमा म्याडसेनलाई ४ चौका प्रहार गरेका थिए l त्यसपछि पाँचौ ओभरमा कटनलाई २ छक्का प्रहार गरेका उनले एउटा छक्का स्टेडियम बाहिर पुर्याएका थिए l

पुनः छैठौ ओभरमा भिलजोयको बलमा लगातार ३ चौका प्रहार गरेका थिए l पहिलो पावरप्ले सकिंदा अफ्रिदीले १८ बलमा ४५ रन बनाईसकेका थिए l

सातौ ओभरमा हेनरीको बलमा मिस हिट सट विकेटकिपर पछाडी छक्का भएपछि अफ्रिदीले अर्धशतक २० बलमा पुरा गरेका थिए l त्यसपछि पनि अफ्रिदी रोकिएनन् इमरान ताहिरको आठौं ओभरको तेश्रो बललाई अफ्रिदीले मिड विकेट माथिबाट पुनः स्टेडियम पार गराए l

ताहिरको उक्त ओभरको चौथों फुलटस बलमा अफ्रिदीको क्याच मिड विकेटमा मिस हुनु डर्बीशयरको दुर्भाग्य थियो l

नवौं ओभरमा अफ्रिदीले क्रिचलेको बललाई छक्का प्रहार गरे जुन क्रममा बल मैदानको कार पार्किंगमा पुगेको थियो l ईमन ताहिरको १२ औं ओभरको तेश्रो बलमा छक्का प्रहार गरेका अफ्रिदीले सोहि ओभरको अन्तिम बलमा पोइन्टको दिशामा चौका प्रहार गर्दै उनले शतक प्रहार गरेका थिए l

शतक लगत्तै अफ्रिदीले हेनरीको सट बललाई पुल गर्ने क्रममा फाइन लेगमा क्याच आउट हुनपुगेका थिए जसपछि अफ्रिदी बिस्फोट थामिएको थियो l

टि-२० क्रिकेटमा अफ्रिदीले मात्र ९ वटा अर्धशतक प्रहार गरेका छन् जसमा उनले १५६ को स्ट्राइक रेटले रन बनाएका छन् l

ओपनिंग गर्ने निर्णय 

सहिद अफ्रिदीले खेल पछि प्रतिक्रिया दिने क्रममा कप्तान जेम्स भिन्सेलाई महत्वपूर्ण खेलमा आफुलाई ओपनिंग ब्याटिंग गर्न दिन आग्रह गरेको बताए l

“मैले कप्तान र कोचलाई हिजो ७ नम्बर र ८ नम्बर मेरो ब्याटिंग गर्ने स्थान हैन, म माथिल्लो क्रममा ब्याटिंग गर्न चाहन्छु भनेको थिए”

नाटवेस्ट टि-२० को आठौँ सिजनमा सातौ पटक फाइनलमा पुर्याएपछि अफ्रिदीले यसो भने –

“यस्तो महत्वपूर्ण खेलहरुमा मौका लिनु पर्छ किनकि पहिलो ६ ओभरमा म आक्रामक खेल्ने ब्याट्सम्यानले त्यसको सदुपयोग गर्नुपर्छ”

“म चाहन्थे सुरुवात देखि दबाब बनाउन तथापी मुस्किल थियो सुरुवातमा स्विंग गर्ने बलमा त्यस्तो गर्न l पहिलो ६ ओभर महत्वपूर्ण थियो र मैले आक्रमण सुरु गरे”

सन् २०११ मा अन्तिम पटक ओपनिंग गर्दा उनले समरसेट बिरुद्ध आफ्नो करियरको दोश्रो सर्बाधिक ८० रन बनाएका थिए जुन क्रममा सेमीफाइनलमा ह्याम्पशायर पराजित भएको थियो l

हेर्नुस शतकको भिडियो 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]