शकिब अल-हसन चम्किएपछि बंगलादेश बिजयी

  • विकेटनेपाल, १ माघ – सोमबार 

बंगलादेश, श्रीलंका र जिम्बाब्वे बीच त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गतको पहिलो खेलमा बंगलादेश बिजयी भएको छ।

शेर ए बंग्ला राष्ट्रिय मैदान मिरपुरमा सम्पन्न खेलमा टस जितेर बलिंग गरेको बंगलादेशले कसिलो बलिङ प्रदर्शन गर्यो। शाकिव अल-हसनले पहिलो ओभरमानै सोलोमोन मिर र क्रैग एरविनलाई ० रन मा पभेलियन फर्काएका थिए। त्यसपछी लगातार विकेट गुमाएको जिम्बाब्वे पुरै ओभर पनि ब्याटिङ गर्न नसकि मात्र १७० रनमा समेटियो।

जिम्बावेका लागि सिकन्दर रजाले सर्वधिक ५२ रनको योगदान गरे। सम्झन लायक नरहेको जिम्बावेको ब्याटिङमा रजाले ९९ बलमा २ चौका र २ छक्का प्रहार गरे। ८१/५ को खराब स्थितिमा ब्याटिंगमा आएका पीटर मूरले सिकन्दर रजासंग छैठौ विकेटका लागि ५० रनको साझेदारी गरे।

तामिम इकबाल

मुरलाई ३३ रनमा रुबेल हुसेनले क्लिन बोल्ड गर्दै पभेलियन फर्काएका थिए। किर्तिमानि बलिङ गर्नेक्रममा रुबेलले १०० औ एक दिवसीय अन्तर्राष्ट्रिय विकेट हात पारे। बंगलादेशको लागि एक दिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट लिने उनी छैठौ खेलाडी हुन्।बंगलादेशको बलिंग तर्फ शकिब अल-हसनले सर्बाधिक ३ विकेट चट्काए।

अर्ध-शतक प्रहार गर्दै सिकन्दर रजा

जवाफमा ब्याटिंग गरेको बंगलादेशले २८.३ ओभरमा २ विकेट गुमाउदा जित हात पार्यो। बंगलादेशका लागि ओपनर ब्याट्सम्यान तमिम इक्बालले ९३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए भने शाकिव अल हसनले ३७ रनको योगदान दिए।

जिम्बावेका लागि दुवै विकेट सिकन्दर रजाले लिए। उनले १० ओभरको स्पेलमा ५३ रन खर्चेर अनामुल हक र शाकिव अल-हसनको विकेट निकाले।

खेलको प्लेयर अफ द म्याच शाकिव अल-हसन घोषित भए। त्रिकोणात्मक शृंखलाको दोश्रो खेलमा पर्सि बुधबार श्रीलंका र जिम्बावे प्रतिस्पर्धा गर्नेछन्।

म्याच समरी

(Pictures: @ICC and Bangladesh Cricket)

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy