शरद डीपीएल नखेल्ने, यस्तो छ कारण

sharad vesawkar
  • विकेटनेपाल, १० माघ – बुधबार 

चैत्र १७ गते देखि आयोजना हुने धनगढी प्रिमियर लिग डीपीएल टि-२० प्रतियोगितामा शरद भेसावकर नखेल्ने भएका छन्।

डीपीएलले आज बुधबार सहभागी हुने ६ वटा टिम र टिम मालिक तथा सबै टिमको रणनीतिक खेलाडीको घोषणा गर्ने कार्यक्रम रहेको छ। अक्सनमा आधारित प्रतियोगितामा शरदले गत बर्ष बिराटनगर किंग्स टिमको प्रतिनिधित्व गरेका थिए। शरदकै टिमले फाइनलमा त्यसबेला पारस खड्का कप्तानीको टिम धनगढी टिम चौराहासंग पराजित भएको थियो।

यो पटक पनि शरदले बिराटनगर किंग्स टिमको नेत्रित्व गर्ने पक्का थियो तर उनले प्रतियोगिता सुरु हुनु अघिनै नाम फिर्ता लिएका छन्। डिपीएलका क्रिएटिभ हेड राजन शाहले ट्वीट मार्फत शरदले प्रतियोगिता नखेल्ने अधिकारिक जानकारी गत हफ्तानै गराएका थिए। विकेटनेपालले शरदसंग सम्पर्क गर्दा उनले डीपीएलको मिति यही हुने हो भने आफु नखेल्ने बताएका छन्।

नखेल्ने कारण यस्तो 

गर्भवती अवस्थामा रहेकी शरद पत्नी निशा अधिकारीलाई साथ दिन शरदले डीपीएल नखेल्ने निर्णय गरेका हुन्। यसै बर्ष असारमा बिबाह गरेका शरद बुवा बन्ने खबर निशा अधिकारीले अंग्रेजी नयाँ बर्ष जनवरी १ मा खुलासा गरेकी थिईन्। त्यसबेला निशाले पेटमा रहेको बच्चा ५ महिनाको भएको पोस्ट गरेकी थिईन्।

Sharad Vesawkar , Nisha Adhikari
गर्भवती पत्नी निशा अधिकारीलाई साथ दिन शरदले डीपीएल नखेल्ने

निशा हाल अमेरिकामा छिन् र शरद डिभिजन-२ को समाप्तिपछि अमेरिका प्रस्थान गर्ने विकेटनेपाललाई बताएका छन्। बुवा बन्ने जिम्मेवारीलाई महत्व दिंदै शरद डिपीएल चल्दै गर्दा बिराटनगर किंग्सको कप्तानीको जिम्मेवारी भने निभाउने छैनन्।

नेपाली टिमको लागि जिम्मेवार इनिंग खेल्दै आएका शरदले जसरि क्रिकेट खेल्दा आफ्नो जिम्मेवारी बुझेका छन् त्यस्तै पारिवारिक जिम्मेवारीमा पनि शरद अघिनै देखिएका छन्।शरद हाल फेब्रुअरीमा नामिबियामा आयोजना हुने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को तयारीको क्रममा अभ्यासरत छन्। नेपाली क्रिकेटको भबिस्यको लागि अत्यन्त महत्वपूर्ण प्रतियोगिताको लागि शरद मेहनत गरिरहेका छन्।

Sharad Vesawkar
डिभिजन-२ को तयारीको क्रममा शरद भेसावकर

नेपाली घरेलु क्रिकेटका सफल कप्तान शरदको अनुपस्थितिलाई भने उनको टिमले अवस्य महसुस गर्नेछ। अर्कोतर्फ शरदको सट्टा बिराटनगर किंग्सको कप्तानी कसले गर्ने भन्ने कौतुहलता समेत पैदा भएको छ।

घरेलु क्रिकेटको सफल कप्तान 

शरदको नेतृत्वको टिम पन्चकन्या तेजले नेपाल प्रिमियर लिग ( ५० ओभर ) २०१४ को उपाधि जितेको थियो भने त्यसपछि एभरेस्ट प्रिमियर लिग टि-२० २०१६ को उपाधि समेत जितेको थियो। गत महिना सम्पन्न  एभरेस्ट प्रिमियर लिग टि-२० को फाइनलमा पनि शरदको टिम भैरहवा ग्ल्याडीएटर्स पुगेको थियो तर फाइनलमा पारस खड्का कप्तानीको बिराटनगर वारियर्ससंग पराजित भएको थियो। यस्तै डिपीएलकै अघिल्लो संस्करणमा पनि शरदकै टिम बिराटनगर किंग्स फाइनल पुगेको थियो जसमा पनि पारसकै टिम धनगढीसंग पराजित भएको थियो।

२५ लाख रुपैयाँ पुरस्कार राशीको धनगढी प्रिमियर लिगमा यो पटक पनि ६ वटा सहरकै टिमहरु खेल्नेछन्। प्रत्येक टिममा १-१ जना रणनीतिक खेलाडी रहनेछन् जसले अक्सनमा खेलाडी छनौट, टिमको बनौट लगायत बिषयमा टिमलाई सघाउने छन्। लिगको अक्सन फाल्गुन ५ गते आयोजना हुने बताईएको छ जसमा २ जना बिदेशी खेलाडी अनिवार्य गरिएको छ।

सम्बन्धित :- 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]