सिंगापुर स्टार्स फाइनलमा, पारसको अलराउण्ड प्रदर्शन

  • विकेटनेपाल , साउन २८

पारस खड्का र मेहबुब आलमको टिम सिंगापुर इमर्जिंग स्टार्स सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ l

रोमान्चक खेलमा मद्रास क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै स्टार्स फाइनल प्रवेश गरेको हो l  ( स्कोरकार्ड हेर्नुस )

फाइनल खेल आज १२:४५ बजे खेलिनेछ l सिन्हालिज स्पोर्ट्स क्लब र सिड्नी क्रिकेट ग्राउण्ड बीच खेलिने दोश्रो सेमीफाइनलको बिजेताले सिंगापुर स्टार्ससंग फाइनल खेल्नेछ l

टस हारेर पहिले ब्याटिंग गर्दै मद्रासले निर्धारित २० ओभरमा १८५/४ को स्कोर बनाएको थियो l प्रतिउत्तरमा स्टार्सले १९ ओभरमा ४ विकेट मात्र गुमाई लक्ष पुरा गर्यो l

खेलमा पारस खड्काले अलराउण्ड प्रदर्शन गर्ने क्रममा ब्याटिंगतर्फ लक्ष पछ्याउने क्रममा आक्रामक ३६ रन बनाए भने बलिंगमा पनि महत्वपूर्ण १ विकेट हात पारे l उले मात्र २० बलमा २ छक्का र ३ चौका प्रहार गरेका थिए l बलिंगमा पनि पारसले १ विकेट लिंदा मद्रास ओपनर स्वप्निल र रफीको ९१ रनको साझेदारी तोडेका थिए l

१८६ रनको लक्ष पछ्याउने क्रममा चेतन सुर्यबंशीले अविजित ४२ रन तथा अखिल बालचन्द्रले अविजित २३ रन बनाएका थिए l सुर्यबंशीले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे भने बालचन्द्रले २ छक्का र १ चौका प्रहार गरे l

चौथो विकेट १३४/४ को स्थितिमा गुमाएपछि पाचौ विकेटको लागि ५५ रनको साझेदारी गर्दै टिमलाई सुर्यबंशी र बालचन्द्रले रोमान्चक जित दिलाएका हुन् l

मद्रासको लागि ओपनर स्वप्निल एस र रफी गोमेजले क्रमशः ५३ र ४० रन योगदान दिएका थिए l यस्तै वासुदेव दासले ४२ रनको योगदान दिए l स्टार्सको लागि अनन्थ कृष्णले २ विकेट दिलाए भने प्रमोध राजाले १ विकेट हात पारे l

 

स्कोरकार्ड हेर्नुस 

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]