पारस-मेहबुबको टिम उपविजेता, सिंहालिज स्पोर्ट्स क्लबलाई उपाधि

  • विकेटनेपाल, २८ साउन

सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको उपाधि श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लबले जितेको छ l

स्कोरकार्ड हेर्नुस )

सिंहालिजले पारस खड्का र मेहबुब आलमले प्रतिनिधित्व गरेको सिंगापुर इमर्जिंग स्टार्सलाई १० विकेटको बिशाल अन्तरले पराजित गरेको हो l

फाइनल खेलमा टस सिंहालिज स्पोर्ट्स क्लबले जितेर सिंगापुर इमर्जिंग स्टारलाई ब्याटिंग गर्ने निम्तो दिएको थियो l

पहिले ब्याटिंग गर्दै इमर्जिंग स्टार्सले १९ ओभरमा सबै विकेट गुमाई १३० बनाउन सकेको थियो l उक्त लक्ष सिंहालिज स्पोर्ट्स क्लबले ८.५ ओभरमा बिना विकेट क्षेतीमा पुरा गरेको हो l

सिंहालिजको लागि एमडी शानाकाले अविजित ६७ तथा मिनोध बानुकाले अविजित ५८ रन बनाए l शानाकाले २८ बलमा ८ छक्का र ३ चौका प्रहार गरे भने बानुकाले २५ बलमा ४ छक्का र ६ चौका प्रहार गरे l

यस अघि पहिलो इनिंगमा स्टार्सको लागि चेतन सुर्यबंशीले सर्बाधिक ४३ तथा चामिन्दा रुवान र अखिल बालचन्द्रले समान २२/२२ रनको योगदान दिएका थिए l

मेहबुब आलम १४ रनमा अविजित रहंदा १० बलमा १ छक्का प्रहार गरे l पारस खड्का भने ० रनमै अख्ताब कडेरको बलमा बोल्ड आउट हुन पुगेका थिए l सिंहालीज स्पोर्ट्स क्लबको लागि अख्ताब कडेर रमेष मेन्डिसले ३/३ विकेट हात पारे भने सचित्रा सेनानायकेले २ विकेट दिलाए l

उपाधि सहित सिंहालीज स्पोर्ट्स क्लबले ५ हजार अमेरिकी डलर हात पार्यो भने उपविजेता सिंगापुर इमर्जिंग स्टार्स २ हजार अमेरिकी डलर हात पार्यो l

स्कोरकार्ड हेर्नुस )





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]