सिता र काजोलको प्रदर्शनले एपीएफ र पूर्वान्चल फाइनलमा भेट पक्का

sita rana magar

फिचर फोटो – सिता राना मगर अर्धशतक पुरा गरेपछि

  • विकेटनेपाल, फाल्गुन १२ – शनिबार

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत उपाधीका लागि पूर्वाञ्चल र विभागीय टोलि एपिएफ भिड्ने भएका छन् । शनिबार आयोजित सेमिफाइनल खेलमा पूर्वाञ्चलले मध्यमान्चललाई ५३ रनले तथा एपीएफले सुदुर-पश्चिमाञ्चललाई ८१ रनले पराजित गरेका हुन् ।

पहिलो सेमिफाइनल: पूर्वाञ्चल Vs मध्यमान्चल

रास्ट्रिय क्रिकेट टिमकी सदस्य समेत रहेकी काजोल श्रेष्ठले ५५ रन बनाएपछि टस जितेर पहिले ब्याटिंग गरेको पूर्वाञ्चलले २० ओभरमा २ विकेट गुमाउदै ११९ रनको योगफल तयार पारेको थियो । यस्तै अप्सरी बेगमले ३२ रन बनाउदै तेस्रो विकेटको लागि काजोलसँग मिलेर ८६ रनको साझेदारी गरेकी थिईन। कप्तान रुबिना क्षेत्रीले पनि अविजित १४ रन बनाईन।

Kajal Shrestha
Kajal Shrestha

जवाफमा रुबिना क्षेत्रीले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिएपछि मध्यमान्चलले २० ओभरमा सबै विकेट गुमाउदै मात्र ६६ रन बनाउन सक्यो। मध्यमाञ्चलका लागि कन्चन श्रेष्ठले २१ र सीता श्रेष्ठले १७ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन।

प्लेयर अफ द म्याच पुर्वान्चलकि काजोल श्रेष्ठ घोषित भईन् ।

दोश्रो सेमिफाइनल: सुदुर- पश्चिमाञ्चल Vs एपीएफ

आजै भएको दोश्रो सेमिफाइनलमा रास्ट्रिय क्रिकेट टिमकि अनुभवी खेलाडी समेत रहेकी सीता रानामगरले ५१, सरिता मगरले ३७ र ज्योति पाण्डेयले १८ रन बनाएपछि एपीएफले २० ओभरमा ४ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको थियो ।

Sita Rana Magar ( File Photo )

जवाफमा सीता मगर र करुण भण्डारीले समान ३/३ विकेट लिएपछि सुदुर पस्चिमान्चलले १९ ओभरमा सबै विकेट गुमाउदै मात्र ५५ रन बनायो। यस्तै एपीएफकी अन्जली चन्दले २ विकेट हात पारिन्। सुदूरपश्चिमका लागि निशा भट्टले ११ रन बनाउनबाहेक अरुले दोहोरो अंक छुन सकेनन्। खेलको प्लेयर अफ द म्याच सिता राना मगर भईन्। फाईनल खेल आइतबार फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्नेछन्।

फोटोहरु – 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]