श्रीलंकाले जित्यो त्रिकोणात्मक सिरिज

  • विकेटनेपाल, माघ १३ – शनिबार

बंगलादेशमा भएको जिम्बाबे र श्रीलंका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजमा आयोजक बंगलादेशलाई पराजित गर्दै श्रीलंकाले उपाधीमा कब्जा गरेको छ । श्रीलंका ७९ रनले बिजयी भएको छ ।

शेरे बंगला मैदानमा भएको खेलमा श्रीलंकाले दिएको २२२ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश ४१.१ ओभरमा मात्र १४२ रन बनाउदा सबै विकेट गुमाएपछी बंगलादेश पराजित भएको हो ।

बंगलादेशले सुरुवाती विकेट छिट्टै गुमाउदा २२ रनमा ३ विकेट गुमाईसकेको थियो तर चौथो विकेटको लागि महामदुल्लाह र मुस्फिक़र रहिमले ५८ रनको साझेदारी गरे । रहिम २२ रनमा आउट भएपछी बंगलादेशले पुनः लगातार विकेट गुमाउदै १४२ रनमा ९ विकेट गुमाएको थियो ।

बंगलादेशका लागि महामदुल्लाहले ७६ रन बनाउन ९२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् ।

साकिब अल हसन रिटायर्ड हर्ट भए ।

श्रीलंकाका लागि शेहन मदुशान्काले ३ विकेट लिन २६ रन खर्चिदा दुश्मन्था चमेरा र अकिला धनन्जयले २/२ विकेट हात पारे ।

(Picture: @OfficialSLC)

यसअघि टस जितेर ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाउदै २२१ रन बनाएको थियो ।

उसका लागि उपुल थरंगाले ५६ रन बनाउन ९९ बलमा ५ चौका प्रहार गरे त्यस्तै एन्जेलो म्याथुज घाइते भएपछी कप्तानी गरिरहेका दिनेश चंदिमालले ४५, निरोशन डीकेविल्लाले ४२ रन बनाउदै माथिलो क्रमका ब्याट्सम्यानले राम्रो सुरुवात दिएका थिए ।

तर बंगलादेशका रुबेल हुसैनले ४६ रन खर्चेर ४ विकेट लिएपछि श्रीलंकाको तल्लोक्रमले रन जोड्न सकेन । मुस्ताफिजुर रहमानले पनि २ विकेट हात पारे ।

खेलमा ५६ रन बनाएका उपुल थरंगा म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]