बंगलादेशलाई श्रीलंकाको गतिलो जवाफ

  • विकेटनेपाल, माघ १९ – शुक्रबार

बंगलादेश पहिलो पारि – ५१३/१० ; मोमिनुल हक् १७६, सुरंगा लकमल ३/६८, रंगना हेरथ ३/१५० 
श्रीलंका पहिलो पारि – ५०४/३ ; कुशल मेन्डिस १९६*,धनन्जय डी सिल्भा १०४* , मुस्ताफिजुर रहमान १/८८
श्रीलंका ९ रनले पछि

बंगलादेश र श्रीलंकाबीच जारि पहिलो टेस्ट क्रिकेटमा बंगलादेशले पहिलो पारिमा ५१३ रन बनाएपछि जवाफमा उत्रिएको श्रीलंकाले मात्र ३ विकेट गुमाउदै ५०४ रन बाएको छ । दोश्रो दिनको समाप्तीमा १८७/१ को स्थितिमा रहेको श्रीलंकाले तेस्रो दिन थप ३१७ रन जोड्दा मात्र २ विकेट गुमाएको छ ।

श्रीलंकाका लागि दोश्रो दिन अविजित १०४ रन बनाएका धनन्जय डी सिल्भाले तेस्रो दिन थप ६९ रन जोड्दै मुस्ताफिजुरको बलमा विकेट  किपर लिट्टोन दासको  हात बाट समातिएका थिए ।  १७३ रन बनाएका सिल्भाले २२९ बलमा २१ चौका र १ छक्का प्रहार गरे ।

यस्तै ८३ रनमा अविजित रहेका कुशल मेन्डिसले १९६ रनको पारि खेल्दै ताजुल इस्लामको बलमा मुस्फिकर रहिमको हातबाट समातिएका थिए । ३२७ बलमा २३ चौका र २ छक्का प्रहार गरेका उनि दोहोरो शतकबाट मात्र ४ रनले चुके ।

दिमुथ करुनारत्ने को रुपमा पहिलो विकेट शुन्य रनको स्कोरमा गुमाएको श्रीलंकाका लागि धनन्जय डी शिल्भा र मेन्डिसले मिलेर दोश्रो विकेटका लागि ३०८ रनको साझेदारी गरेका थिए । करुनारत्नेलाई मेहदी हसनले पेभिलियनको बाटो देखाएका थिए ।

शिल्भा आउट भएपछी मेन्डिसले रोशेन शिल्भासँग तेस्रो विकेटको लागि १०७ रनको साझेदारी गरेका थिए ।

तेस्रो दिनको समाप्तीमा श्रीलंकाका लागि रोशेन शिल्भाले ८७ रन (१७३ बल, ५ चौका, १ छक्का) तथा कप्तान दिनेश चण्डीमालले ३७ रन (९० बल, १ चौका) बनाएर खेलिरहेका छन् ।

यसअघि बंगलादेशले मोमिनुल हकले १७६ रन तथा मुश्फिकर रहिम (९२ रन), महामदुल्लाह (८३* रन) र तामिम इकबालले (५२ रन) अर्धशतकीय पारि खेलेपछि ५०४ रनको योगफल तयार पारेको थियो ।

(Pictures: @ICC)





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]