उत्कृस्ट सुरुवातको बाबजुत श्रीलंका सस्तोमै समेटियो

  • विकेटनेपाल, भदौ ४ 

१५० रन बनाउदा मात्र २ विकेट गुमाएको श्रीलंकाले अर्को ६६ रन बनाउन बाँकी ८ विकेट गुमाएपछि भारतले २१७ रनको लक्ष पाएको छ l

दाम्बुला मैदानमा जारि ५ एकदिवसीयको सिरिजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाको लागि ओपनर निरोशन डिकवेला र दनुश्का गुनथिलाकाले राम्रो सुरुवात दिलाएका थिए l गुनथिलाका १४ औं ओभरमा पहिलो विकेटको रुपमा युजभेन्द्र चाहलको शिकार हुनु अघि ३५ रन बनाएका थिए l

दोश्रो विकेटको लागि डिकवेलाले कुसल मेन्डिससंग ६५ रनको साझेदारी गरेपछि डिकवेला ६४ रनको स्कोरमा केदार जाधबको बलमा एलबिडब्लु शिकार भएका थिए l ७४ बलमा उनले ८ चौका प्रहार गरे l

मेन्डिस ३६ रन बनाएर अक्षर पटेलको बलमा बोल्ड भएपछि २८ औं ओभरमा १५०/३ को स्थितिमा पुगेको श्रीलंकाले त्यसपछि लगातार विकेट गुमाएको थियो l एन्जेलो म्यथुज ३६ रन बनाएर अविजित रहे भने कप्तान वुपुल थरंगा ( १३ ) , चमरा कपुगेद्रा ( १ ) , वानिन्दु हसरंगा ( २ ) रन बनाएर पेभेलियन फर्किएका थिए l

दाम्बुला मैदानमा जारि खेल हेर्न रुखसम्म दर्शक l ( फोटो – आईसीसी ) 

फलस्वरुप ४३.२ ओभरमा श्रीलंकाले सम्पूर्ण विकेट गुमाउन पुग्यो l

भारतीय बलर अक्षर पटेलले सर्बाधिक ३ विकेट ( १०-०-३४-३ ) हात पारे भने केदार जाधब, जस्प्रित बुम्राह र युजभेन्द्र चाहलले समान २/२ विकेट आफ्नो नाम गरेका थिए l

खेलको प्रत्यक्ष अपडेट यो लिंकमा 

श्रीलंका यस अघि सम्पन्न ३ टेस्ट म्याचको सिरिजमा ३-० ले पराजित भइसकेको छ l

 

 

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]