अफगानिस्तानसंग पराजित हुँदा श्रीलंका एसिया कपबाट बाहिर

Afghanistan Cricket Team

संयुक्त अरब एमिरेट्स (युएई) मा जारि एसिया कप क्रिकेटमा एक पटकको विश्व च्याम्पियन मुलुक श्रीलंका नवप्रवेशी अफगानिस्तानसंग ९१ रनले पराजित भएको छ। अफगानिस्तानसंग हार बेहोरेसंगै श्रीलंकाको एसिया कप यात्रामा समेत पूर्णबिराम लागेको हो।

समुह ‘बि’ अन्तर्गतको आफ्नो पहिलो खेलमा बंगलादेश बिरुद्ध १३७ रनको हार बेहोरेको श्रीलंका यो खेल जित्नै पर्ने दवाव रहेको थियो। तर अफगानिस्तानसंग को हार पछि समुह चरणमा आफ्ना दूई खेलमै पराजितहुँदै श्रीलंका घर फर्किन बाध्य हुन पुग्यो।

पहिलो इनिंग :

सेख जायद मैदानमा टस जितेर ब्याटिंग गरेको अफगानिस्थानले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४९ रनको योगफल तयार गरेको थियो।

ओपनर मोहम्मद शहजाद र इन्शाउल्लाह जनतले पहिलो विकेटको लागि ५७ रनको साझेदारी गर्दै अफगानिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए। शहजाद ३४ रन बनाएर आउट भएपछि जनत र रहमत शाहले अफगानिस्तानको स्कोर १०० पार गराउने क्रममा अर्धशतकीय साझेदारी गरेका थिए। जनत ४५ रन बनाएर आउट भएका थिए।

रहमत शाहले एउटा किनार साम्हाली रहे र चौथो विकेटको लागि हश्मतुल्लाह शाहिदीसंग ८० रनको साझेदारी गरेका थिए। रहमत ७२ तथा शाहिदी ३७ रन बनाएर आउट भएपछि अफगानिस्तानको तल्लो क्रमले खास योगदान दिन सकेको थिएन।

श्रीलंकाको लागि थिसारा परेरा एक्लैले ५ विकेट लिए। अकिला दनंजयले २ विकेट तथा लासिथ मालिंगा, दुश्मन्था चमिरा र शेहान जयसुरियाले समान १/१ विकेट लिएका थिए।

Man of The Match : Rahamat Sah
Man of The Match : Rahamat Sah

फिक्का रह्यो श्रीलंकाको ब्याटिंग :

अफगानिस्तान बिरुद्ध निर्धारित ५० ओभरमा २५० रनको पिछा गर्न उत्रिएको श्रीलंकाको ब्याटिंग पुन: एकपटक फिक्का साबित भयो। ४१.२ ओभरमा श्रीलंकाले सबै विकेट गुमाएर १५८ रन मात्र जोड्न सक्दा अफगानिस्तानले ९१ रनको जित हात पारेको हो।

इनिंगको दोस्रो बलमा नै मुजिब उर्-रहमानले कुशल मेन्डिसलाई एल.बि.डब्लु धरापमा पार्दै श्रीलंकालाई पहिलो झड्का दिएका थिए।

त्यसपश्चात समेत श्रीलंकाले लगातार रुपमा विकेट गुमाउन पुग्यो र साझेदारी बनाउन विफल रह्यो। धनन्जय डी सिल्भा (२३), कुसल पेरेरा (१७), उपुल थरंगा (३६) र शेहान जयसूर्य (१४) लगातारको अन्तरालमा पभेलियन फर्किंदा श्रीलंकाले १०८ रन जोड्न ५ विकेट गुमाइसकेको थियो।

Rashid Khan
राशिद खानले २ विकेट लिए

एक किनारबाट एन्जलो मेथ्युज इनिंग सम्हाल्ने प्रयास गरीरहेका समयमा थिसरा पेरेराले उनलाई साथ दिंदा छैठौं विकेटका लागि ३५ रनको साझेदारी भएको थियो। तर मेथ्युज व्यक्तिगत २२ रनमा मोहम्मद नाबीको शिकार बनेपछि श्रीलंकाको जितको आशा समेत मरेको थियो। पेरेराले भने व्यक्तिगत २८ रन जोडे।

अफगानिस्तानको बलिंगमा मुजिब उर् रहमान, गुल्बदीन नैब, मोहम्मद नाबी र राशिद खानले समान २-२ विकेट लिए। खेलमा उत्कृस्ट ब्याटिंग गर्दै ७२ रनको पारि खेलेका अफगानिस्तानका रहमत साह म्यान अफ दि म्याच घोषित भए।

समुह ‘बि’ अन्तर्गतको सो खेलपछि श्रीलंका बिना अंक जोड्दा प्रतियोगिताबाट बाहिरिएको छ भने अफगानिस्तान र बंगलादेश दोस्रो चरण प्रवेश गरेका छन्। यी दुई टोलि बिचको खेलले समुह बिजेताको टुंगो लगाउने छ। प्रतियोगितामा मंगलवार समुह ‘ए’ अन्तर्गत हंगकंग र भारत बीच खेल हुँदै छ।

फोटोहरु (@ACC)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]