तेश्रो टेस्टमा भारत बिश्व किर्तिमान नजिक

  • विकेटनेपाल, मङ्सिर १५

श्रीलंकन क्रिकेट टिम ३ टेस्ट, ३ एकदिवसीय र ३ टी-२० क्रिकेट सिरिज खेल्न भारत भ्रमणमा रहेको छ। सुरु भएको टेस्ट शृंखला अन्तर्गत पहिलो टेस्ट खेल रोमान्चक बराबरीमा सकिएको थियो भने दोश्रो खेल भारतले फराकिलो अन्तरले जितेको थियो ।

पहिलो दुई खेलपछि १-० ले पछाडी रहेको पाहुना टोलीलाई सिरिज बराबर गर्न फिरोजशाह कोट्ला मैदानमा शनिबार सुरु हुने तेश्रो टेस्टमा उत्कृस्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। टेस्टमा श्रीलंकन टिम आफ्नो खराब फर्मको अन्त्य गर्न चाहन्छ भने भारतीय कप्तान विराट कोहलीको घरेलु मैदान फिरोजशाह कोट्ला, दिल्लीमा भारत खेल जित्दै विश्व किर्तिमान बनाउने ध्याउन्नमा हुनेछ।

तेस्रो खेलमा बन्नसक्ने किर्तिमानहरु

  •  यदि शनिबार देखि सुरु हुने तेस्रो खेल जिते वा बराबरी गर्दै सिरिजमा अग्रता कायम राख्न सके यो भारतको लगातार नवौं टेस्ट सिरिज जित हुनेछ जुन लगातार धेरै शृंखला जितको विश्व किर्तिमान हो। यसभन्दा अगाडी इंग्ल्याण्डले (१८८४-१८९१/९२) र अस्ट्रेलियाले (२००५/०६-२००८) पनि लगातार समान ९ सिरिज जित्दै किर्तिमान बनाएका थिए। यसर्थ कोहलीको टिमले सिरिज जितको बिश्वकिर्तिमान बराबरी गर्नेछ र नयाँ बिश्व किर्तिमानतर्फ कदम बढाउनेछ।
  • श्रीलंकाले हालसम्म भारतीय जमिनमा एउटा पनि टेस्ट जित्न सकेको छैन। यदि तेस्रो टेस्टमा पनि श्रीलंका पराजित भए बिना कुनै जित बिदेशी जमिनमा २० वा त्यो भन्दा धेरै खेल खेल्दा एउटा पनि नजित्ने किर्तिमान श्रीलंकाको नाममा हुनेछ। श्रीलंकाले भारतीय जमिनमा भारतसंग १९ पटक खेलीसकेको छ जसमा भारतले ११ पटक जित दर्ता गरेको छ भने ८ वटा खेल बराबरीमा सकिएका छन्।

    बिराट कोहलीले करियर ५००० टेस्ट रनको नजिक
  • विराट कोहलीलाई ५००० टेस्ट रन पुरा गर्न मात्र २५ रनको आवस्यकता रहेको छ। तेश्रो टेस्टमा ५,००० रन पुरा गरे कोहली छिटो ५००० टेस्ट रन पुरा गर्ने तेस्रो भारतीय हुनेछन्। अहिलेसम्म उनले १०४ इनिंग खेलेका छन्। सुनिल गाभास्करले ९५ तथा सचिन तेन्दुलकरले १०३ इनिंगमा ५,००० रन पुरा गरेका थिए भने राहुल द्रविडले १०८ इनिंगमा उक्त रन पुरा गरेका थिए ।
  • दिलारुवान परेरलाई १०० टेस्ट विकेट पुरा गर्नको लागि १ विकेट चाहिएको छ भने सुरांगा लकमललाई ५ विकेट चाहिएको छ, जसले छिटो पुरा गर्छ त्यो छैठौ श्रीलंकन तथा १८१ औ खेलाडी हुनेछन् ।

( फोटो – बिसीसीआई )

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy