श्रीलंकन खेलाडीहरु ‘मास्क’ लगाएर मैदानमा, मच्चियो खैलाबैला

  • विकेटनेपाल, मङ्सिर १७

भारत र श्रीलंकाबीच दिल्लीको फिरोजशाह कोटला मैदानमा जारि तेस्रो टेस्टको दोश्रो दिन अचम्मको दृष्य देखियो। खेल चल्दै गर्दा श्रीलंकन खेलाडीहरु भारतको पहिलो पारीमा लन्च ब्रेकपछी मास्क लगाएर मैदानमा उत्रिएपछि खैलाबैलानै मचियो।

जब विराट कोहलीले दोश्रो दिनको लन्चपछी दोहोरो शतक बनाएर खेलिरहेका थिए त्यो बेला मैदानमा यस्तो दृश्य देखियो। श्रीलंकन खेलाडी मात्रै हैन पेभेलियनमा टिम स्टाफहरु समेत मास्क लगाएर बसीरहेका थिए।

केहि दिन देखि दिल्लीको बातावरणमा परिवर्तन आएको छ साथै प्रदुषण पनि बढेको छ जसले गर्दा दिल्लीका केहि बिद्यालयहरुमा एक हप्ताको बिदा समेत दिईएको छ । बायु प्रदुषणको कारण श्रीलंकन खेलाडीहरुले मास्क लगाएर मैदानमा उत्रिएका थिए ।

मैदानमा मास्क लगाएर खेलाडीहरु आएपछि खेललाई निरन्तरता दिने वा नदिने भन्ने बिषयमा भारतीय कप्तान विराट कोहली र श्रीलंकन कप्तान दिनेश चण्डीमलले सल्लाह गरेका थिए। अम्पाएरले पनि उनिहरुसँग कुरा गर्दै मेडिकल टोलीलाई खेलाडीहरुले खेल्न सक्ने वा नसक्ने भन्ने बिषयमा चेकजाँच गर्न मैदानमा बोलाएका थिए। यसकारण कारणले खेल करिब करिब २० मिनेट रोकिएको थियो।

भारतीय खेलाडीहरु र अम्पायरले भने मास्क लगाएका थिएनन्।

खेल रोकिंदा दुवै टिमका कप्तान मात्रै हैन भारतीय प्रशिक्षक रबि शास्त्री र श्रीलंकन प्रशिक्षक निक पोथस साथै श्रीलंकन टिम म्यानेजर अनुस्का गुरुसिन्हा लगायत म्याच रेफ्री डेबिड बुनले लामो समय मैदानमा बादविवाद गरेका थिए।

म्याच रेफ्री डेबिड बुनले डाक्टरसंग परामर्श गरेपछि खेल फेरी सुरु गर्ने निर्णय गरेका थिए।

खराब हावाको कारणले कुनैपनि खेल रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट ईतिहासमानै पहिलो पल्ट रहेको छ तर घरेलु क्रिकेटमा भने अन्तिम बर्ष बङ्गाल र गुजरातबिचको रंजीट्रफी खेलपनि सोहि कारणले रोकिएको थियो ।

श्रीलंकन बोर्डले माग्यो जवाफ 

श्रीलंकन खेलाडीहरुले दिल्लीको बातावरणबारे सिकायत गरेपछि श्रीलंकन क्रिकेट बोर्डले भारतीय बोर्ड ( बिसीसीआई ) संग दिल्लीलाई टेस्ट मैदानको रुपमा चुनेकोमा जवाफ मागेको छ।

श्रीलंकन टिमका अनुसार खराब बातावरणका कारण उसका ४ जना खेलाडीहरुले बान्ता गरेको तथा खेलाडीहरुलाई स्वास फेर्न गार्हो भएको थियो। यसकारण खेल्ने खेलाडी पुर्याउन समेत गार्हो भएको श्रीलंकन टिमका प्रबक्ताले क्रिक्बजलाई बताएका छन्।

अरु बिबादमा म आराममा

(तस्बिर: भारतीय क्रिकेट बोर्ड)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy