लक्ष पछ्याउदा लड्खडायो भारत

  • विकेटनेपाल, २ माघ- मंगलबार 

भारत र दक्षिण अफ्रीका बीच दोश्रो टेस्टको चौथो दिन सकिंदा दक्षिण अफ्रीका दोश्रो टेस्ट जिततर्फ अग्रसर देखिएको छ। पहिलो टेस्टमा पराजित भएको भारतले यो टेस्ट हारे सिरिज दक्षिण अफ्रीकाले २-० ले १ खेल अगाबै जित्नेछ।

टेस्टको पहिलो इनिंगमा दक्षिण अफ्रीकाले ३३५ रन बनाएको थियो जसपछि भारतले ३०७ रन बनाएपछि पहिलो इनिंगमा २८ रनको अग्रता पाएको दक्षिण अफ्रीकाले दोश्रो इनिंगमा २५८ रन बनाउदै भारतलाई टेस्ट जित्न २८७ रनको लक्ष प्रस्तुत गरेकोछ।

लक्ष पछ्याउने क्रममा चौथो दिन अन्तिम सत्रमा ब्याटिंग गरेको भारतले अत्यन्त खराब सुरुवात गरेको छ। ओपनरद्वय मुरली विजय ( ९ ) , केएल राहुल ( ४ ) र पहिलो इनिंगमा आकर्षक शतक बनाएका कप्तान बिराट कोहली ( ५ ) आउट हुँदा भारत संघर्ष गरिरहेको छ।

२३ ओभर ब्याटिंग गरेको भारतले स्टम्पसम्म ३५ रनको योगफलमा ३ विकेट गुमाईसकेको छ। चेतेश्वर पुजारा ११ तथा पार्थिब पटेल ५ रनको स्कोरमा अविजित रहेका छन्।

दक्षिण अफ्रीकाको लागि आफ्नो पहिलो टेस्ट खेलीरहेका लुंगी गिड़ीले २ विकेट हात पारी सकेका छन् जुन क्रममा बिराट कोहलीलाई एलबिडब्लु धरापमा तथा केएल राहुललाई क्याच आउट गराएका थिए। १ विकेट लिएका कासिगो रबाडाले मुरली विजयलाई बोल्ड गरेका थिए।

लुंगी गिड़ीले २ विकेट हात पारी सकेका छन्

दक्षिण अफ्रीकाको दोश्रो इनिंग 

पहिलो इनिंगमा पाएको २८ रनको अग्रता पछि दोश्रो इनिंगमा ब्याटिंग गरेको दक्षिण अफ्रीकाले चौथो दिनको चिया सत्र पछि २५८ रनको योगफलमा सम्पूर्ण विकेट गुमाएको थियो।

दोश्रो इनिंगमा घरेलु टिमको लागि ए बि डी भिल्लर्सले सर्बाधिक ८० रनको योगदान दिए। यस्तै डीन एल्गरले ६१ रन तथा कप्तान फाफ डु प्लेसिसले ४८ रनको योगदान दिए।३ रनको योगफलमा २ विकेट गुमाएपछि एल्गर र डी भिल्लर्सले तेश्रो विकेटको लागि १४१ रनको साझेदारी गरेका थिए। डी भिल्लर्सलाई मोहम्मद शामीले विकेटकिपर पर्थिभ पटेलको हातबाट क्याच थमाएपछि साझेदारी तोडिएको थियो। डी भिल्लर्सले १२१ बलमा १० चौका प्रहार गरे।

ए बि डी भिल्लर्सले सर्बाधिक ८० रनको योगदान दिए

भारतको लागि मोहम्मद शामीए सर्बाधिक ४ विकेट ( १६-३-४९-४ ) हात पारे भने जस्प्रित बुम्राले ३ ( २०-३-७०-३ ) तथा इशान्त शर्माले २ विकेट ( १७-३-४०-२ ) हात पारे। रबिचन्द्रन आश्विनले १ विकेट दिलाए।

 

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]