संगीताले उत्कृस्ट बलिंग गर्दा सुदुरपश्चिम ५३ रनमा सिमित

दाङमा जारि प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० प्रतियोगिता अन्तर्गत पाँचौ दिनको समुह ‘बि’ अन्तर्गत तेश्रो खेलमा प्रदेश नम्बर-१ र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाएर ५३ रन बनाउदै प्रदेश-१ लाई ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कुहिरोको कारण खेल ढिला भएकोले १६ ओभरमा झारिएको हो। स्कोरकार्ड 

सुदुरपश्चिमको ब्याटिंगमा कविता जोशीले सर्वाधिक १४ रन बनाईन्। उनि बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। लक्ष्मी साउदले अविजित ९, रेवती धामीले ८, डली भट्टले ५ रन योगदान दिईन्।

लगातर विकेट गुमाएको सुदूरपश्चिमले २६ रनमा ७ विकेट गुमाएको थियो। त्यसपछि कबिता जोशीले आठौँ विकेटको लागि डली भट्टसंग १० रन तथा नवौं विकेटको लागि लक्ष्मी साउदसंग अविजित १७ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलतर्फ डोर्याइन।

प्रदेश-१ को बलिंगमा संगीता राईले सर्वाधिक ३ विकेट हात पारिन्। सबनम राईले २ तथा रुबिना क्षेत्री र निगिमा तामांगको नाममा १/१ विकेट रह्यो। सबनमले हात पारेको तिन वटै विकेट नवौं ओभरमा थियो जुन ओभरमा उनले मन्जु बोकटि, ऋतु कनोजिया र बिन्दु रावलको विकेट लिएकी थिईन्।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा हिजो गण्डकी प्रदेशलाई ६० रनले पराजित गरेको थियो भने प्रदेश-१ ले हिजो बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको थियो। आज जित्ने टिम सेमीफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]