सप्तरी प्रिमियर लिग : रुपनी राईडर्सको जितमा लोकेश बमको अलराउण्ड योगदान

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत बिहिबार सम्पन्न पहिलो खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गरेको छ।

राज रंगशालामा सम्पन्न खेलमा टिभीएस किंग्स राजविराजले दिएको १६२ रनको लक्ष्य रुपनी राईडर्सले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै अमित यादवले ३१ बलमा ५ चौका र २ छक्का मद्दतले ४५ रन तथा लोकेश बमले १२ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाए। निरज मुखियाले २३ रन बनाए।

टिभीएस किंग्सको बलिंगमा रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले समान १ विकेट लिए।

कुशल भुर्तेलले अर्धशतक बनाए

यस अघि टस जितेर ब्याटिंग रोजेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो।

टिभीएस किंग्सको लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४५ रन योगदान दिए जुन क्रममा ४० बलमा ८ चौका प्रहार गरे। सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३ रन, आसिफ शेखले १६ रन तथा रोबिन सिंह र सुदर्शन सिंहले समान १२ रन बनाए।

रुपनी राईडर्सको बलिंगमा लोकेश बमले सर्वाधिक २ विकेट लिए। यस्तै फिर्दोश अन्सारी, सुनिल धमला, सुमित झा, अनिल यादव र अनुज कुमार यादवले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका लोकेश बम चुनिए।

जित पछि ४ खेलमा ३ जित र १ हार बेहोरेको रुपनी राईडर्स अंकतालिकामा ६ अंक सहित शिर्षस्थानमा उक्लेको छ। १ खेल खेल्न बाँकी रहेको बजाज खडक वारियार्स र तिलाठी कोईलाडी जायन्टसको समान ४ अंक रहेको छ। हार पछि टिभीएस किंग्स राजविराज ३ खेलमा १ जित र २ हार बेहोर्दै २ अंक सहित चौथो स्थानमा रहेको छ। स्कोरकार्डअंकतालिका 

धेरैले पढेको 

सन्दिपले इंग्ल्यान्डको भाईटालिटि ब्लास्ट टि-२० खेल्ने

सप्तरी प्रिमियर लिग : राशिदले आक्रमक ब्याटिंग गर्दा तिलाठी कोईलाडी विजयी

सप्तरी प्रिमियर लिग : अनिल शाहको लगातार शतक





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]