भारतको बिशाल जित

  • विकेटनेपाल, मङ्सिर ११

श्रीलंका पहिलो इनिंग: २०५/१० (चण्डीमल ५७, करुनारत्ने ५१, आश्विन ४/६७), भारत पहिलो इनिंग: ६१०/६ पारि अन्त्य (कोहली २१३, पुजारा १४३ , परेरा ३/२०२), श्रीलंका दोश्रो इनिंग: १६६/१० (चण्डीमल ६१, आश्विन ४/६३) – भारत १ इनिंग र २३९ रनले बिजयी

रविचन्द्रन आश्विनले चौथो दिन ४ विकेट लिएपछि भारतले श्रीलंकामाथि दोश्रो टेस्टमा विशाल जित हात पारेको छ । नागपुरमा भएको दोश्रो टेस्टमा इनिंग र २३९ रनले जित हात पार्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता लिएको हो ।

यसभन्दा अगाडी कोलकत्तामा भएको पहिलो टेस्ट रोमान्चक मोडमा पुग्दै बराबरीमा सकिएको थियो ।

तेस्रो दिनको समाप्तीमा १ विकेट गुमाएर २१ रनको स्थितिमा रहेको पाहुना टोलीले चौथो दिन मात्र १४५ रन थप्दा ९ विकेट गुमाएको हो । श्रीलंकाका लागि कप्तान दिनेश चण्डीमलले ६१ रनको पारि खेलेपनि अन्य ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा भारतलाई घरेलु मैदानमा सबैभन्दा ठुलो जित सुम्पिन बाध्य भयो । चण्डीमलले ८२ बल खेल्दै १० चौका प्रहार गरे ।

पाहुना टोलिका कप्तान दिनेश चण्डीमल

श्रीलंकाका ५ ब्याट्सम्यान दोहोरो अंक जोड्नबाट विफल रहे ।

कप्तान चण्डीमलले १० औं नम्बरमा ब्याटिंग गर्न आएका सुरंगा लकमलसँग ५८ रनको साझेधारी गरेपछि श्रीलंकाले हारको अन्तरमा केहि सुधार गरेको हो ।

पाहुना टोलिलाई सस्तैमा समेट्न रविचन्द्रन आश्विनले आफ्नो टेस्ट क्यारीको ३०० औ विकेट पुरा गर्दै महत्त्वपूर्ण ४ विकेट हात पार्दा १७.३ ओभरमा ४ मेडन सहित ६३ रन खर्चिए ।

यो सँगै आश्विनले टेस्ट क्रिकेटमा पुर्व अस्ट्रेलियन खेलाडी डेनिस लिलीको ५६ टेस्टमा बनाएको रेकर्ड ५४ टेस्टमा पुरा गर्दै तोडेका छन् ।

३०० औं टेस्ट विकेट लिएपछि रमाउदै आश्विन

त्यस्तै इशान्त शर्मा, रबिन्द्र जडेजा र उमेश यादबले समान २/२ विकेट लिए ।

यसघि टस जित्दै पहिले ब्याटिंग गरेको श्रीलंका पहिलो दिन मात्र २०५ रनमा समेटिएको थियो। जावाफी ब्याटिंगमा उत्रिएको भारतले आफ्नो पहिलो इनिंगमा म्यान अफ द म्याच समेत चुनिएका कप्तान विराट कोहलीको दोहोरो शतकको मद्धतमा ६१० रन जोड्दा पारि अन्त्य भएको घोषणा गरेको थियो।

यी दुई टोलिबिच को तेश्रो तथा अन्तिम टेस्ट आउँदो शनिबारबाट दिल्लीमा हुनेछ। टेस्ट श्रंखला पछि दुवै टोलीले एकदिवसीय र टि-ट्वान्टी श्रंखला खेल्नेछन्।

म्याच समरी

Sri Lanka tour of India 2017, 2nd test match summary.

 

(तस्बिर: बिसिसीआई.टिभी)





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]