सकियो श्रीलंकाको ८ बर्षे पर्खाइ, भारतले बनायो हारको लज्जास्पद रेकर्ड

लगातार हारले आलोचना भोगिरहेको श्रीलंकन टिमले बिरोधीहरुलाई कडा प्रतिउत्तर दिएको छ। भारतलाई ८ बर्ष पछि पहिलो पटक भारतमै वानडे म्याचमा ठुलो अन्तरले पराजित गरेपछि श्रीलंकाले राहतको स्वास फेर्न पाएको छ।

सकियो हारको लामो यात्रा 

भारतलाई वानडेमा सन् २००९ डिसेम्बरमा पराजित गरपछि श्रीलंकाले भारतमा भारतबिरुद्ध कुनै पनि वानडे जित्न सकेको थिएन। त्यतिमात्रै हैन वानडेमा लगातार १२ वटा हारपछि श्रीलंकाले जितेको यो पहिलो खेल हो। यो जित भन्दा अघि श्रीलंकाले भारत र पाकिस्तानसंग ५-० ले सिरिज हार बेहोरेको थियो जसअघि लगातार २ वटा वानडेमा जिम्बाबेसंग पराजित भएको थियो।

धर्मशाला मैदानमा टस जितेर फिल्डिंग रोजेको श्रीलंकाले उत्कृस्ट बलिंग गर्दै भारतलाई ११२ रनमै अलआउट गरेपछि जवाफमा ११३ रनको लक्ष लंकाले ३ विकेट गुमाई २१ औं ओभरमै भेटायो।

उपुल थारांगाले ४९ रन तथा एन्जेलो म्याथुज र निरोशन डिकवेलाले क्रमश अविजित २५ र २६ रन बनाउदै श्रीलंकाको जितलाई सहज बनाए। भुवनेश्वर कुमार, जस्प्रित बुम्रा र हार्दिक पाण्डेले १/१ विकेट लिंदै श्रीलंकन ब्याट्सम्यानहरुलाई मुस्किल बनाउने प्रयास गरेता पनि लक्ष सानो हुँदा श्रीलंकाले कठिन मेहनत गर्न परेन। खेलमा उत्कृस्ट बलिंग गर्दै ४ विकेट हात पारेका सुरंगा लक्मल प्लेयर अफ द म्याच चुनिए।

तासको पत्ता झैँ ढले भारतीय ब्याट्सम्यान 

धर्मशाला मैदानमा टस जितेर बलिंग रोजेको श्रीलंकाले भारतलाई ११२ रनमै अलआउट गर्यो। उत्कृस्ट बलिंग गरेको लंकाले भारतको पहिलो ७ विकेट २९ रनको स्कोरमै झारेको थियो। २९/७ को स्कोरबाट ११२ सम्म पुर्याउन भारतीय पुर्वकप्तान महेन्द्र सिंह धोनीले ६५ रनको इनिंग खेले। अन्तिम विकेटको रुपमा आउट भएका धोनीले ८७ बलमा १० चौका र २ छक्का प्रहार गरे।

बिराट कोहलीको अनुपस्थितिमा कप्तानी गरेका रोहित शर्मा २, शिखर धवन ० , श्रेयस ऐयर ९, दिनेश कार्तिक ० , मनिष पाण्डे २, हार्दिक पान्ड्या १० तथा भुवनेश्वर कुमार ० रनमै आउट भएपछि भारतको इज्जत धोनीले जोगाएका थिए। सातौं विकेटपछि धोनीले कुलदिप यादबसंग आठौं विकेटको लागि ४१ रनको महत्वपूर्ण साझेदारी गरे। कुलदिपले दोश्रो सर्बाधिक रन प्रहार गर्ने क्रममा ४ चौका मदतले १९ रन बनाए।

श्रीलंकन बलर सुरंगा लक्मलले सर्बाधिक ४ विकेट हात पारे। १० ओभरमा ४ मेडन सहित १३ रन खर्चेका लक्मलले रोहित शर्मा, दिनेश कार्तिक, मनिष पाण्डे र भुवनेश्वर कुमारको विकेट लिए। नुवान प्रदिपले २ विकेट ( १०-४-३७-२ ) हात पारे भने एन्जेलो म्याथुज, थिसारा परेरा, अकिला धनन्जय र सचिथ पथिरानाले समान १ विकेट हात पारे।

भारतको लज्जास्पद रेकर्ड

१४ औं कम योगफल 

भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा १४ औं कम टिम स्कोर हो। सन् २००० मा भारत श्रीलंकासंग ५४ रनमै अलआउट भएको थियो जुन भारतको हालसम्मको कम स्कोर हो। सन् १९८१ मा भारतलाई अस्ट्रेलियाले ६३ रनमा, सन् १९८६ मा श्रीलंकाले ७८ रनमा, सन् १९७८ मा पाकिस्तानले ७९ रनमा तथा सन् २०१० मा न्युजिल्याण्डले ८८ रनमा भारतलाई अलआउट गरेको थियो। भारतीय भुमिमा भने यो भारतको तेश्रो कम योगफल हो।

१३ ओभर रन बिहिन भारतीय इनिंग 

भारतको इनिंगमा १३ वटा मेडन ओभर भएको थियो जुन कुनै पनि एकदिवसीयमा भारतले खलेको सबैभन्दा धेरै मेडन ओभर हो। यस भन्दा अघि भारतले १९८१ मा न्युजिल्याण्डसंग तथा १९७५ मा इंग्ल्याण्डसंग १२ वटा मेडन ओभर खेलेको थियो।

भारतको लाज ढाकेका धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा १६ हजार रन पुरा गरे

दिनेश कार्तिकको डक रेकर्ड 

खेलमा दिनेश कार्तिक १८ बल खेलेपछि खाता नखोली आउट भए जुन भारतीय ब्याट्सम्यानले डक ( ० रन ) को लागि खेलेको सबैभन्दा धेरै बल हो। १९७४ मा एकनाथ सोलकरले इंग्ल्यान्डसंग १७ बल खेलेर आउट भएका थिए। आजै अर्का भारतीय ब्याट्सम्यान जर्प्रित बुम्रा पनि १५ बल खेलेर डक आउट हुन पुगे जुन पाँचौ स्थानमा छ।

सबैभन्दा ठुलो हार 

श्रीलंकाले १७६ बल बाँकी छदै खेल जित्यो।यति धेरै बल बाँकी हुँदा आफ्नो घरमा भारत हारेको यो पहिलो पटक हो। बाँकी बल रहेकोको आधारमा समग्रमा यो भारतको तेश्रो ठुलो हार हो। सन् २०१० मा दाम्बुलामा श्रीलंकाले भारतलाई २०९ बल बाँकी छदै पराजित गरेको थियो।

धोनीको १६ हजार रन पुरा

भारतको इज्जत ढाक्ने क्रममा उत्कृस्ट इनिंग खेलेका धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा १६ हजार रन पुरा गरेका छन्। उनले नुवान प्रदिपको बलमा चौका प्रहार गर्दै उक्त रन पुरा गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा १६,००० रन पुरा गर्ने धोनी छैठौं खेलाडी हुन्। उनि भन्दा अघि सचिन तेन्दुलकर, राहुल द्रविड , सौरभ गांगुली, बिरेन्द्र सहवाग र बिराट कोहलीले मात्र यति रन बनाउन सकेका छन्।

१६ हजार अन्तर्राष्ट्रिय रन पुरा गर्ने क्रममा अन्तर्राष्ट्रिय स्तरमा भने उनि २७ औं खेलाडी हुन्। विकेटकिपर ब्याट्सम्यानहरुको कुरा गर्नेहो भने धोनी यति रन बनाउने दोश्रो विकेटकिपर ब्याट्सम्यान हुन्। श्रीलंकन खेलाडी कुमार संगाकाराले उनि भन्दा अघि १६ हजार रन पुरा गरिसकेका छन्।

( रेकर्ड श्रोत- क्रिक्इन्फो, क्रिकेटकन्ट्री , फोटोहरु – बिसीसीआई )

 

 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]