श्रीलंकन फ्यानहरुले टिम बस रोकेरै नाराबाजी, संगाकाराको भावुक फेसबुक पोस्ट ( भिडियो )

  • विकटनेपाल, ५ भदौ

भारतसंग टेस्ट शृंखला ३-० ले गुमाएको श्रीलंकन क्रिकेट टिमले एकदिवसीय सिरिजको पहिलो खेलमा पनि आइतबार लज्जास्पद हार बेहोरेपछि श्रीलंकन फ्यानहरु आक्रोशित हुँदै आफ्नै टिम बिरुद्ध नाराबाजीमा उत्रेका छन् l

दाम्बुला मैदानमा भारतसंग ९ विकेटको हार पछि स्टेडियमबाट फर्किने क्रममा श्रीलंकन प्रशंशकहरुले टिम बस बाहिर नाराबाजी गर्दै ” हामिलाई हाम्रो क्रिकेट फिर्ता देउ, क्रिकेटमा राजनीति बन्द गर” जस्ता नारा लगाएका थिए l

फ्यानहरुले नाराबाजी गरेपछि होटल फर्कन लागेको श्रीलंकन क्रिकेट टिम आधा घण्टा सम्म रोकिनुपरेको थियो l

फ्यानहरु मैदान भित्रै पुगेका थिए भने मैदान बाहिर धेरै बेर नाराबाजी गरिरहे l फोटो : Colombogazette.com

करिब ५० जना फ्यानहरुले पार्क गरिएको श्रीलंकाको टिम बस बाहिर हुटिंग गरेपछि पुलिसले बल प्रयोग गर्नुपरेको थियो l

यति मात्रै हैन खेल सकिएपछि क्रिकेट फ्यानहरु मैदान भित्रै पसेर असन्तुष्टि ब्यक्त गरेका थिए l उनिहरुले मैदानलाई नोक्सान पुर्याउन खोजेका थिए जुन प्रयास पुलिसहरुले विफल पारेका थिए l

भिडियो

पछिल्लो समय श्रीलंकन टिमको खस्कदो स्तर र अनपेक्षित हारकको कारण श्रीलंकन क्रिकेट समर्थकहरु निराश हुँदै सामाजिक संजालमा समेत आक्रोस पोखीरहेका छन् l फ्यानहरुले यसको पछाडी टिम छनौटकर्ता र क्रिकेट प्रशाशकहरुलाई जिम्मेवार ठहर्याएका छन् l

भिडियो 


हारपछि श्रीलंकन क्रिकेट टिम कप्तान उपुल थारांगाल फ्यानहरुलाई भावनात्मक सन्देश दिंदै यसो भनेका छन् –

“फ्यानहरुको समर्थनले टिमलाई हौसला बढाउन ठुलो भूमिका निर्वाह गर्छ l हामि हाम्रो देशको लागि खेल्छौ र हाम्रो लक्ष देशको गुमेको गौरब २ करोड जनताहरुलाई फिर्ता गर्नु हो त्यसैले तपाईको समर्थनको हामीलाई ठुलो महत्व राख्छ … हामि माथि बिश्वास गर्नुहोस् र संगै रहनुहोस् जसकारण तपाईहरु हाम्रो शक्ति बन्नुहुनेछ र हामि पुनः सिहं जस्तो उदाउनेछौ”

यस्तै फेसबुक मार्फत श्रीलंकन पुर्व स्टार ब्याट्सम्यान कुमार संगाकाराले पनि भावुक हुँदै यस्तो भन्दै भिडियो पोस्ट गरेका छन्-

“जब हामीले जित्यौ तपाईहरुले हामिसंगै खुसि मनाउनु भयो र जब हामि हार्दैछौ संगै दुखित हुनुहुन्छ”

“जब हाम्रो टिम संघर्ष गर्दै थियो, जब हामिलाई आवश्यकता थियो, तपाईहरुको माया र साथ हाम्रो शक्ति थियो l अहिले हाम्रो क्रिकेटरहरुलाई त्यही आवश्यक छ, माया, साथ, धैर्यता र प्रयास l आउनुस आशा गरौं टिमको जितको र फेरी एकजुट भएर साथ दिऔं”





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]