कोहलीको प्रदर्शनले भारत बलियो, श्रीलंका सम्हालिने प्रयासमा

  • विकेटनेपाल, मङ्सिर १७

भारत पहिलो पारि: ५३६/७ पारि घोषणा (कोहली २४३, बिजय १५५, शंदाकान ४/१६७), श्रीलंका पहिलो पारि: १३१/३ (म्याथ्युज ५७*, परेरा ४२, जडेजा १/२४, शामी १/३०) – श्रीलंका ४०५ रनले पछाडी

भारत र श्रीलंकाबीच जारि तेस्रो टेस्ट क्रिकेटको दोश्रो दिन भारतले बिशाल स्कोर खडा गर्दै पारि घोषणा गरेपछि श्रीलंका पुनः समस्यामा देखिएको छ।

कप्तान विराट कोहलीले करियरको छैठौं दोहोरो शतक बनाएपछि ७ विकेट गुमाएर ५३६ रन बनाउदा भारतले पारी समाप्तीको घोषणा गरेको थियो।

श्रीलंकाले दोश्रो दिनको खेल सकिंदा श्रीलंका ३ विकेट गुमाएर १३१ रन बनाएको छ र भारत भन्दा ४०५ रनले पछाडी रहेको छ ।

एन्जेलो म्याथुज ५७ तथा कप्तान दिनेश चण्डीमाल २५ रन बनाएर क्रिजमा छन् । ओपनर दिमुथ करुनारत्ने ० रनमै शामीको बलमा कट बिहाइन्ड भएपछि अर्का ओपनर दिल्रुवान परेराले ४२ रन बनाए। ९ चौका प्रहार गरेका परेरालाई रबिन्द्र जडेजाले एलबिडब्लु धरापमा पारे। धनन्जय डी सिल्भा १ रनमा इशान शर्माको बलमा एलबिडब्लु भए। चौथो विकेटको लागि म्यथुज र चण्डीमालले ५६ रनको साझेदारी गरेका छन्।

यस अघि कोहलीले २४३ रनको पारी खेले जसमा २८७ बलमा २५ चौका सामेल छ । पहिलो दिन अविजित रहेका रोहित शर्माले १०२ बलमा ७ चौका र २ छक्का सहित ६५ रन बनाए । पहिलो दिन भारतका मुरली बिजयले ११ औ शतक प्रहार गर्ने क्रममा १५५ रनको पारि खेलेका थिए ।

श्रीलंकाका लक्षण शंदाकानले ४ विकेट लिदा ३३.५ ओभरमा १ मेडन राखेर १६७ रन खर्चे भने लाहिरु ग्यामेजले ९५ रन खर्चेर २ विकेट हातपारे ।

खराब वातवरणको कारण श्रीलंकाले लगातार अम्पाएरलाई खेल्न नसक्ने जनाएपछि कप्तान विराट कोहलीले पारि घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस्: कोहलीको छैठौं दोहोरो शतक, नयाँ बिश्वकिर्तिमान

बिराट कोहलीले दोहोरो शतक प्रहार गरेसंगे कप्तानको रुपमा सबैभन्दा धेरै दोहोरो शतक प्रहार गर्ने बिश्व किर्तिमान आफ्नो नाममा लेखाएका छन्। यसभन्दा पहिला यो किर्तिमान वेस्ट इन्डिजका ब्र्यान लाराको नाममा रहेको थियो जसले ५ शतक प्रहार गरेका थिए। त्यस्तै भारतका लागि सबैभन्दा धेरै दोहोरो शतक लगाउने खेलाडीहरुको सुचिमा सचिन तेन्दुलकर र विरेन्द्र सेहवागको नाममा रहेको रेकर्डको बराबरी गरेका छन् ।

छैठौ १७५+ को स्कोर बनाएसँगै कप्तानको रुपमा सबैभन्दा धेरै १७५ वा त्यो भन्दा धेरै रन बनाउँने किर्तिमानमा पनि बराबरी गरेका छन्, अस्ट्रेलियाका डन ब्राडम्यान र वेस्ट इन्डिजका ब्रायन लाराले पनि ६ वटा १७५+ को स्कोर बनाएका थिए ।

 

 

(Photo: BCCI.TV)





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]