श्रीलंका समस्यामा

  • विकेटनेपाल, १२ साउन

श्रीलंका १५४/५ ( म्याथुज ५४*, थारांगा ६४, शामी : ३०/२ ) , भारत ६०० ( धवन १९०, पुजारा १५३, नुवान प्रदिप ६-१३२ ) , श्रीलंका ४४६ रनले पछि   ( दोश्रो दिनको समाप्ति

भारत बिरुद्ध पहिलो टेस्टको दोश्रो दिनको खेल सकिंदा श्रीलंका संघर्षपूर्ण स्थितिमा रहेको छ l

पहिलो इनिंगमा भारतले ६०० रन बनाएपछि ब्याटिंग गरेको घरेलु टिमले पहिलो ५ विकेट गुमाउदा १५४ रन मात्रै बनाउदै पहिलो इनिंगमा भारत भन्दा ४४६ रनले पछि परेको छ l

दोश्रो दिनको खेल सकिदा एन्जेलो म्याथुज ५४ र दिलरुवान परेरा ६ रन बनाएर क्रिजमा छन् l ऊपुल थारांगा ६४ रन बनाउदै दुर्भाग्यपूर्ण रन आउट हुँदा ओपनर करुनारत्ने २, गुनाथिलाका १६,  कुशल मेन्डिस ० तथा डिकवेला ८ रनमा पेभेलियन फर्किए l

श्रीलंकालाई खराब स्थितिमा पुर्याउन पेसर मोहम्मद सामीले २ र उमेश यादबले १ विकेट हात पारे भने आश्विनले १ विकेट लिए l

मोहम्मद सामीले २ विकेट हात पारे l ©ICC

भारतको ६०० रन 

यस अघि ३९९/३ को स्थितिमा पहिलो दिनको समाप्ति गरेको भारतले ६०० रनमा सम्पूर्ण विकेट गुमाएको थियो l चेतेश्वर पुजारा १५३ रन बनाएर आउट भए भने अजिंके रहानेले ५७, हार्दिक पाण्डेले ५०, रविचन्द्रन आश्विनले ४७ रन तथा मोहम्मद शामीले ३० रन बनाउदै भारतलाई ठुलो स्कोरतर्फ डोर्याएका थिए l

श्रीलंकाको लागि नुवान प्रदिपले सर्बाधिक ६ विकेट तथा लहिरु कुमाराले ३ विकेट आफ्नो नाम गरे l कप्तान हेराथले १ विकेट हात पारे l

भारतको लागि शिखर धवनले सर्बाधिक १९० रनको योगदान दिएका थिए l

एकै बर्ष सबैभन्दा बढी पटक ६०० रन बनाउने रेकर्ड 

भारत ६०० रनमा अलआउट हुने क्रममा एउटा मात्र टिम बन्न पुग्यो जसले एकै बर्ष ५ पटक ६०० वा त्यो भन्दा बढीको योगफल बनाउन सकेको छ l २०१६ डिसेम्बर पछि ५ पटक भारतले ६०० भन्दा बढीको योगफल बनाएको छ l २०१६ पछि ६ पटक मात्र कुनै टिमले ६०० भन्दा बढीको स्कोर बनाउन सकेको छ जसमा १ पटक अस्ट्रेलियाले र ५ पटक भारतले ६०० योगफल नघाउन सकेको छ l

यो पनि पढ्नुस :- 

धेरैले पढेको :-





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]