चकित पार्ने रकममा स्टारले किन्यो आईपीएल प्रशारण अधिकार

  • विकेटनेपाल, भदौ १९

स्टार स्पोर्ट्स इन्डियाले इन्डियन प्रिमियर लिग (आईपिएल) को ५ बर्षको प्रशारण अधिकार किनेको छ। सोमबार सम्पन्न अक्सनमा १६,३४७.५० करोड भारतीय रुपैयाँमा स्टारले अधिकार हात पारेको हो ।

सन् २००९ मा सोनी च्यानलले आईपीएल प्रशारण अधिकार किन्न १.६३ अरब डलर खर्च गरेको थियो । यो बर्ष अघिल्लो १० बर्षको तुलनामा स्टारले दोब्बर भन्दा ज्यादा रकम खर्च गरेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले सन् २०१८ देखि सन् २०२२ सम्मको लागि मिडिया अधिकार प्राप्त गर्नको लागि भारतीय टेलिभिजन हुनुपर्ने, भारतमा डिजिटल कम्पनि हुनुपर्ने, अमेरिका, युरोप, मध्यपुर्व र अफ्रिकामा प्रशारण अधिकार भएको सर्तहरु राखेको थियो ।


सम्झौतासंगै बिसीसीआईले एउटा आईपीएल खेलबाट करिब ५५ करोड भारु पाउनेछ । यो रकम भारतले अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दा बिसीसीआईले पाउने रकम भन्दा बढी हो । भारतले अन्तर्राष्ट्रिय खेल खेल्दा प्रशारण बापत बिसीसीआईले एक खेलमा ४३ करोड भारु पाउछ ।

सम्झौता पछि स्टार इन्डियाका अध्यक्ष उदय शंकरले यसो भने ” हाम्रो मान्यता छ कि आईपीएल एउटा शक्तिशाली सम्पति हो र हामिलाई यो पनि थाहा छ कि डिजिटल र टिभीको स्तरमा यो प्रतियोगिताको मूल्य प्रशंशकको बीचमा धेरै बढाउन सकिन्छ ।”

भारतीय क्रिकेट टिमलाई हाल ओप्पोले मुख्य प्रायोजन गरिरहेको छ जसले ५ बर्षमा १०७९ करोड ( भारु )  दिने सम्झौता गरेको छ । यस्तै आईपीएलको टाइटल प्रयोजनको लागि भिभोले ५ बर्षमा २,१९९ करोड भारुमा सम्झौता गरिसकेको छ ।

अन्य चर्चित लिगसंग आईपीएलको तुलना ।

( नोट : भारतीय रुपैयाँ १ करोड = १,५०,००० अमेरिकी डलर )





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]