सन्नी पटेलको विस्फोटक पारीमा काठमाण्डौको जित, रुपन्देही पराजित

विकेटनेपाल – १९ चैत्र, सोमबार। धनगढी प्रिमियर लिग अन्तर्गत आज भएको दोश्रो खेलमा सन्नी पटेलले विस्फोटक ब्याटिंग गरेपछि काठमान्डौ गोल्डेन्सले रुपन्देही च्यालेंजर्सलाई ६३ रनको अन्तरले पराजित गरेको छ ।

स्कोरकार्ड

पहिले ब्याटिंग गरेको काठमान्डौले २० ओभरमा ४ विकेट गुमाएर १८६ रनको योगफल तयार पारेको थियो । उसका लागि सन्नी पटेलले   विस्फोटक अविजित ४८ रन बनाउन १९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै ओपनर सुबोध भाटीले   ४२ रन र अमित श्रेष्ठले ३० रन प्रहार गर्दै पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए ।

यस्तै ज्ञानेन्द्र मल्लले २० रन, भुपेन्द्र थापाले १४ रन र नरेश बुढाऐरले मात्र १८ बलमा आक्रामक ३० रन प्रहार गर्दै अविजित रहे ।

रुपन्देही च्यालेंजर्सका सबै बलर महँगो भएको खेलमा अमरसिंह रौटेला, बिक्रम भुसाल र सफ्यान मेहमदले समान १/१ विकेट हात पारेका थिए ।

जवाफमा उत्रिएको रुपन्देहीका लागि ओपनर प्रदिप ऐरीले ५७ रन बनाउन मात्र ४१ बलमा ५ चौका र त्यति नै छक्का प्रहार गरेपनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा ८ बल अगाडी नै मात्र १२३ रनमा अल आउट भयो । काठमान्डौका रसिद खानले मात्र ६ रन खर्चिएर ४ विकेट, ललित राजबंशीले १९ रन खर्चेर ३ विकेट, शाहब आलम  ले ४२ रनमा २ विकेट र सन्नी पटेलले १ विकेट लिए ।

खेलमा आक्रामक ४८ रन समेत १ विकट हात पारेका सन्नी पटेल म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]