नेक्सस कप : स्याङजा र सनराईज विजयी

  • विकेटनेपाल- ८ मंसिर,काठमाण्डौ 

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलहरुमा स्याङजा क्रिकेट एकेडेमी र सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगर बिजयी भएका छन्।

स्याङजा क्रिकेट एकेडेमी र लालिगुरांश क्रिकेट एकेडेमी झापा बीच भएको पहिलो खेल स्याङजा ८ विकेटले बिजयी भएकोछ। टस जितेर लालिगुरांश झापालाई ब्याटिङ निम्तो दिएको स्याङजा बलरहरु चम्कदा स्याङजा क्रिकेट एकेडेमीका ब्याट्सम्यान न्युन स्कोरमै समेटिएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको लालिगुरांश क्रिकेट एकेडेमी झापाले निर्धारित २० ओभरमा १८.३ ओभर खेल्दै अल आउट हुँदा ८४ रन बनाएको थियो। लालिगुरांशका आकाश खत्रीले २८ बलमा ३२ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
बलिङतर्फ स्याङजाका गणेश बस्यालले ३ ओभरमा १६ खर्चिदै ३ बीकेट लिएका थिए भने सुदिप गौतम, गोबिन्द खत्री र क्रिस भण्डारीले समान २/२ विकेट लिए।


८५ रनको बिजयी लक्ष्य पच्छ्याउदै ब्याटिङमा उत्रेको स्याङजाले ८.३ ओभरमै लक्ष्य भेट्टाउदा ८ ओभरले बिजयी भएको हो। स्याङजाका अनित बरालले २१ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाएका थिए भने मनोज गौतम ले १९ बलमा २ चौका प्रहार गर्दै २१ रन र सुजन गौतमले १० बलमा ३ चौकाको सहयोगमा १७ रन बनाए पछि सजिलै बिजयी भएको थियो।

स्याङजाका गणेश बस्याल म्यान अफ दि म्याच घोषित भएका थिए उनलाई राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ प्रशिक्षक शामसन जंग थापाले ट्रफी प्रदान गर्नु भएको थियो।

दोस्रो खेल सनराईज महेन्द्रनगर बिजयी

शनिबारै सम्पन्न अर्को खेलमा सनराईज महेन्द्रनगरले आयोजक नेक्सस बी लाई ८ विकेटले हराएको छ। टस जितेर ब्याटिङमा उत्रेको नेक्सस बी का कुनै पनि ब्याट्सम्यान ले दोहोरो अंक बनाउन नसक्दा निर्धारित १५ ओभर खेल्दै ७ वीकेटको नोक्सानीमा जम्मा ४९ रनमा समेटिएको थियो। सनराईज महेन्दनगरपारस छेत्रीले २ विकेट लिएका थिए।

५० रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको सनराईज महेन्द्रनगर म्यान अफ दि म्याच घोषित सुबोध ऐरले दिपक बोहोराले १६ बलमा ७ चौका प्रहार गर्दै ३४ रन बनाउदा ५ ओभरमै खेल समाप्त भएको थियो। नेक्सस क्रिकेट उकेडेमीका उपाध्यक्ष एबं टुर्नामेन्ट डाईरेक्टर प्रबल गौतमले ऐर लाइ म्यान अफ दि म्याचको ट्रफी प्रदान गर्नु भएको थियो।

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]