टि-२० मा न्युजिल्याण्ड बिश्वकै नं १, वेस्ट इन्डिज सहजै पराजित

  • विकेटनेपाल, १९ पौष  – बुधबार

वेस्ट इन्डिजलाई तेश्रो टि-२० मा ११९ रनको बिशाल अन्तरले पराजित गर्दै न्युजिल्याण्डले ३ खेलको सिरिज २-० ले जितेको छ।

टि-२० अन्तर्राष्ट्रियमा हालसम्मकै बिशाल अन्तरको जित हात पारेको न्युजिल्याण्ड टि-२० अन्तर्राष्ट्रिय वरियताको नम्बर १ स्थानमा उक्लेको छ। पहिलो स्थानमा रहेको पाकिस्तानलाई पछि पार्दै न्युजिल्याण्ड १२६ रेटिंग अंक बटुली पहिलो स्थानमा उक्लेको हो। दोश्रो स्थानमा रहेको पाकिस्तानक १२३ तथा तेश्रो स्थानमा रहेको भारतको १२१ रेटिंग अंक रहेको छ।

कसरि जित्यो न्युजिल्याण्ड 

टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले पहिलो इनिंगमा ५ विकेट गुमाई २४३ रनको बिशाल स्कोर खडा गरेको थियो। न्युजिल्याण्डले टि-२० अन्तर्राष्ट्रियमा बनाएको यो नै सबैभन्दा ठुलो योगफल हो। यो भन्दा अघि उसले अस्ट्रेलियासंग २००९ मा २१४ रन बनाएको थियो।

न्युजिल्याण्डको इनिंगमा कोलिन मुनरोले शतकीय योगदान दिएका थिए। मात्र ५३ बलमा मुनरोले १० छक्का र ३ चौका मदतले १०४ रनको इनिंग खेलेका थिए। टि-२० अन्तर्राष्ट्रियमा तेश्रो शतक पुरा गर्दै नयाँ बिश्वरेकर्ड बनाएका मुनरोले पहिलो विकेटको लागि मार्टिंग गुप्टिलसंग १३६ रनको साझेदारी गरेका थिए। गुप्टिलले ३८ बलमा २ छक्का र ५ चौका मदतले ६३ रन बनाएका थिए। टम ब्रुसले २३ तथा कप्तान केन विलियमसनले १९ रन योगदान दिए।

लक्ष पछ्याउने क्रममा वेस्ट इन्डिजले १२४ रनमै सबै विकेट गुमाएको थियो।तेश्रो नम्बरका आन्द्रे फ्लेचरले सर्बाधिक ४६ रन योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले ठुलो स्कोर गर्न सकेनन्। ओपनर क्रिस गेल र चाडविक वाल्टनले खातानै खोल्न सकेनन्।

न्युजिल्याण्ड बलर टिम साउथीले सर्बाधिक ३ विकेट तथा ट्रेन्ट बोल्ट र इश सोढ़ीले २/२ विकेट आफ्नो नाम गरे।

मुनरोको नयाँ बिश्व रेकर्ड 

वेस्ट इन्डिज बिरुद्ध ४७ बलमै शतक पुरा गरेका कोलिन मुनरो टि-२० क्रिकेटमा ३ शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। टि-२० अन्तर्राष्ट्रियमा हालसम्म कुनै पनि ब्याट्सम्यानले ३ वटा शतक बनाउन सकेका छैनन्। मुनरोले यस अघि बंगलादेशसंग १०१ तथा भारतसंग १०९ रनको इनिंग खेलेका थिए।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने खेलाडीहरुको सुचिमा मुनरो पछि रोहित शर्मा, क्रिस गेल, ब्रेन्डन म्याकलम, इभिन लुइसको नाममा २/२ अन्तर्राष्ट्रिय शतक रहेका छन्। सन् २०१२ मा न्युजिल्याण्डको लागि पहिलो टि-२० खेलेका ३१ बर्षका मुनरोले आईपीएलमा कोलकाता नाइट राइडर्सको लागि खेलीसकेका छन्।

मुनरोको शतक टाइमलाइन 

१०४ ( ५३ बल, १० चौका , ३ छक्का ) – बिरुद्ध, वेस्ट इन्डिज ( २०१८ )
१०१ ( ५४ बल, ७ चौका, ७ छक्का ) – बिरुद्ध, बंगलादेश ( २०१७ )
१०९* ( ५८ बल, ७ चौका , ७ छक्का ) – बिरुद्ध, भारत ( २०१७ )

 

 

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]