मुल्तानको जितमा इमरान ताहिरको ह्याट्रिक

  • विकेटनेपाल, फाल्गुन १९ 

इमरान ताहिर पाकिस्तान सुपर लिग अर्थात् (पीएसएल )मा ह्याट्रिक पुरा गर्ने तेश्रो बलर भएका छन्। यसअघि मोहम्मद आमिरले पहिलो संस्करणमा तथा उनकै टिममा रहेका जुनैद खानले केहि दिन अघि प्रतियोगितामा ह्याट्रिक लिएका थिए। उनले यो उपलब्धि क्वेटा ग्लाडियेटर्स बिरुद्ध हासिल गरेका हुन्।

शारजाह क्रिकेट मैदानमा आज सम्पन्न खेलमा मुल्तान सुल्तान्सले क्वेटा ग्लाडिएटर्सबिरुद्ध ९ विकेटको सहज जित दर्ता गर्यो।

टस हारेर  ब्याटिङ गरेको क्वेटा ग्लाडियेटर्सले १५.४ ओभरमा सबै विकेट गुमाउदै १०२ रन मात्र बनाएको थियो। उसका लागि कप्तान सर्फराज़ अहमदले सर्भाधिक ३० रन(३३ बल ,३ चौका) को योगदान गरे। यसैगरी ओपनर ब्याट्सम्यान सेन वाट्सनले १९ र महमुदुल्लाहले १५ रन जोडे भने अन्य कुनै पनि ब्याट्सम्यानहरुले दोहोरो अङ्क छुन सकेनन्।

एक समय १०१ रन जोड्दा ५ विकेट मात्र गुमाएको ग्लाडिएटर्सलाई सोहेल तनवीरले लगातार दुई बलमा दुई विकेट लिदै  झट्का दिएका थिए। उनले आफ्नो स्पेल ३-०-१४-३ मा पुरा गरे।

त्यसपछि आफ्नो तेश्रो ओभरका लागि बलिङमा आएका इमरान ताहिरले लगातार ३ बलमा अन्तिम ३ विकेट लिदै ह्याट्रिक पुरा गरे। उनले आफ्नो पहिलो र दोश्रो विकेटका रुपमा हसन खान र जोन ह्यासतिंग दुवैलाई बोल्ड गरे भने अन्तिम विकेट अलि लाई एल.बी.डव्लुका आउट पारेका थिए । त्यसैगरी जुनैद खानले २ विकेट लिए।

१०४ रनको सामान्य लक्ष पछ्याउन उत्रिएको मुल्तान सुल्तान्सले मात्र १६.४  ओभरमा १ विकेटको क्षेतिमा उक्त लक्ष हासिल गर्यो। मुल्तान सुल्तान्सको जितमा कुमार संगकाराले ५१ रनको अविजित परे खेले। उनले ४४ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी  अर्का ओपनर अहमद शेह्ज़दले २७ र सोएब मक्सूदले २६ रन जोडे। दोश्रो इंनिंगको १ मात्र विकेट हसन खानले हात परे।

ग्लाडिएटर्सलाई सस्तैमा समेट्ने घातक बलिङ गरेर ३ ओभरमा १४ रन खर्चेर ३ विकेट चट्काएका सोहेल तन्बिर म्यान अफ दि म्याच घोषित भए।

Photo Courtesy : (Pakistan Super league/ twitter)

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy