पहिलो एकदिवसीयमा बंगलादेशसँग हार्यो वेस्ट इन्डिज, तामिमको शतक

  • विकेटनेपाल, श्रावण ७ – सोमबार

तामिम इकबालले अविजित १३० रनको पारि खेलेपछि गएराती भएको बंगलादेश र वेस्ट इन्डिज बिचको पहिलो एकदिवसीय खेलमा बंगलादेशले ४८ रनको जित हात पारेको छ।

टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७५ रनको योगफल तयार पारेको थियो। १६० बलको सामना गर्दै १० चौका र ३ छक्का प्रहार गरेका म्यान अफ द म्याच समेत घोषित तामिमले दोश्रो विकेटका लागि साकिब अल हसनसँग २०७ रनको साझेदारी गरे। पहिलो विकेट १ रनमा गुमाएका उसका लागि साकिबले ९७ रन बनाउनेक्रममा १२१ बलमा ६ चौका प्रहार गरे।

कुनै समय सामान्य स्कोर तर्फ अग्रसर बंगलादेशलाई अन्त्यतिर मुस्फिकर रहिमले आक्रामक ३० रनको पारि खेल्न मात्र ११ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे। वेस्ट इन्डिजका देवेन्द्र बिशूले २ विकेट लिए।

घरेलु मैदान गुयानामा लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रनमात्र बनाउन सक्यो। उसका लागि सिम्रोन हेट्मेरले ५२ रन तथा क्रिस गेलले ४० रनको पारि खेलेपनि स्लो पिचमा बंगलादेशका कप्तान मोश्राफे मोर्ताजाले ४ विकेट लिन १० ओभरमा मात्र ३७ रन खर्चिएपछी वेस्ट इन्डिजको चेज धरासायी बनेको थियो। मुस्ताफिजुर रहमानले २ विकेट लिए।

जारि ३ खेलको शृंखला अन्तर्गत बंगलादेशले १-० ले अग्रता लिएको छ। दोश्रो खेल बिहिबार र तेस्रो खेल शनिबार हुनेछन्। त्यसपछि ३ टि २० खेलको सिरिज हुनेछ भने २ खेलको टेस्ट सिरिज घरेलु टिमले २-० ले आफ्नो पक्षमा पारिसकेको छ।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]