सम्हालिने प्रयासमा अस्ट्रेलिया

  • विकेटनेपाल, मङ्सिर १६

अस्ट्रेलिया पहिलो इनिंग: २०९/४ (ख्वाजा ५३, वार्नर ४७, एण्डर्सन १/४५, ओभरटन १/४७) – टस हारेर ब्याटिंग गर्दै 

अस्ट्रेलिया र इंग्ल्याण्डबीच जारि एसेज सिरिजको दोश्रो टेस्टको पहिलो दिन समाप्तीमा अस्ट्रेलियाले ४ विकेट गुमाएर २०९ रन बनाएको छ।

एडिलेड ओभलमा सुरु भएको डे-नाइट टेस्टमा टस हारेर ब्याटिंग गरेको घरेलु टोलिले मात्र ३३ रनको स्कोरमा ओपनर क्यामरुन ब्यांकक्राफ्ट ( १० रन ) लाई रन आउटको रुपमा गुमाएको थियो। त्यसपछि उस्मान ख्वाजाले दोश्रो विकेटको लागि डेविड वार्नरसँग मिलेर ५३ रनको साझेदारी गरे । वार्नर ४७ रन बनाइ क्रिस वक्सको बलमा विकेटकिपरको हातबाट समातिनु अघि १०२ बलमा ५ चौका प्रहार गरे।

तेस्रो विकेटको रुपमा जेम्स एण्डर्सनको बलमा आउट हुनुअघी ख्वाजाले कप्तान स्मिथसँग मिलेर तेस्रो विकेटका लागि पुनः ५३ रनको साझेधारी गरे। ख्वाजाले ५३ रन बनाउदा ११२ बलमा ८ चौका प्रहार गरेका थिए।

अर्धसतक प्रहार गरेपछि उस्मान ख्वाजा

टिमको स्कोर १६१ रन हुदा चौथो विकेटको रुपमा कप्तान स्टिव स्मिथ इंग्ल्याण्डका लागि डेब्यु गरिरहेका क्र्याग ओभरटनको बलमा बोल्ड हुन पुगे । टेस्टको कप्तानी करियर ३००० रन पुरा गर्ने क्रममा ४० रन बनाउन ९० बलको सामना गर्दा ३ चौका प्रहार गरे। स्मिथले ४९ औं पारिमा कप्तानी गर्दै ३,००० रन पुरा गरेका हुन् भने भारतीय कप्तान विराट कोहलीले पनि आफ्नो ५० औं पारीमा आजै श्रीलंका बिरुद्द चलिरहेको तेस्रो टेस्टमा ३००० रन पुरा गरेका छन् ।

दिनको समाप्तिमा पिटर ह्यान्ड्सकम ३६ रन तथा शन मार्श २० रन बनाएर क्रिजमा रहेका छन्।

इंगलिस टोलिको लागि एन्डरसन, क्र्याग ओभरटन र क्रिस वोक्सले १/१ विकेट दिलाएका छन्। एण्डरसनले २० ओभरमा ३ मेडन ओभर सहित ४५ रन खर्चिएका छन् ।

डे-नाइट टेस्टको सुन्दर दृश्य l फोटो – ईसीबि ट्विटर
क्यामरुन ब्यांकक्राफ्ट रन आउट भएपछि स्टुवार्ट ब्रडको खुसि ( फोटो – ईसीबि )

( फिचर फोटो – आईसीसी ) 

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy