नेपालले बंगलादेश ‘ए’ टिमको सामना गर्दै

२०८२ श्रावण ३२, शनिबार ०९:५४

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा शनिबार बंगलादेशको ए टिमको समाना गर्दै छ।

डार्विनमा हुने यो खेल नेपाली समयअनुसार ३:१५ बजेबाट सुरु हुनेछ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्टाइकरसँग ४२ रनको लज्जास्पद हरा ब्यहोरेको थियो। नर्दर्नले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सकेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy