यु-१९ विश्वकप : रोमान्चक खेलमा श्रीलंकालाई हराउदै अफगानिस्तान सेमीफाइनलमा

लो-स्कोरिंग क्वार्टरफाइनलमा श्रीलंकालाई ४ रनले पराजित गर्दै अफगानिस्तान अन्डर-१९ विश्वकपको सेमीफाइनल प्रवेश गरेको छ। सेमीफाइनलमा अफगानिस्तानले इंग्ल्यान्डसंग भेट पक्का गरेको छ। इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई पराजित गर्दै सेमीफाइनामा स्थान पक्का गरेको हो।

वेस्टइन्डिजको एन्टीगुवामा सम्पन्न खेलमा अफगानिस्तानले दिएको १३५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६ ओभरमा १३० रनमा सम्पूर्ण विकेट गुमायो। श्रीलंकाको लागि दुनिथ वेलालागेले सर्वाधिक ३४, रभीन डी सिल्भाले २१ तथा चमिनु विक्रमासिंघेले १६ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले मात्र ४३ रन बनाउदा ७ विकेट गुमाउन पुग्यो। आठौँ विकेटको लागि कप्तान दुनिथ वेलालागे र रभीन डी सिल्भाले ६९ रनको साझेदारी गरे। ४१ औं ओभरमा वेलालागे तथा ४२ औं ओभरमा डी सिल्भा पेभेलियन फर्किए। एक विकेट बाँकी हुँदा श्रीलंकालाई जित्न १९ रन आवस्यक थियो। दशौँ विकेटको लागि भिनुजा रनपाल र त्रिभिन म्याथुले १४ रनको साझेदारी गरेपछि म्याथु रन आउट हुन पुगे र अफगानिस्तानले रोमान्चक जित दर्ता गर्यो।

अफगानिस्तान बलर बिलाल शामीले दुई विकेट लिंदा नभिन जद्रान नुर एहमद इज्राउलहक नभिद र नंगेयालिया खराओटेले समान एक विकेट लिए। चार श्रीलंकन ब्याट्सम्यान रन आउट भए।

टस हारेर ब्याटिंग गरेको अफगानिस्तानले ४७.१ ओभरमा १३४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। उसको लागि अब्दुल हादीले सर्वाधिक ३७, नुर एहमदले ३० तथा अल्लाह नुरले २५ रन योगदान दिए। २६ रनमा ४ विकेट गुमाएको अवस्थामा नुर र हादीले ४७ रनको साझेदारी गरे। सातौं विकेटको लागि एहमद र हादीले ४८ रन जोडे।

श्रीलंकाको बलिंगमा भिनुजा रनपालले पाँच विकेट ( ९.१-३-१०-५ ) तथा दुनिथ वेलालागेले तिन विकेट ( १०-०-३६-३ ) लिए।

प्रतियोगिताको तेश्रो क्वार्टरफाइनलमा पाकिस्तान र अस्ट्रेलिया शुक्रबार प्रतिस्पर्धा गर्दैछन्। यस्तै चौंथो क्वार्टरफाइनलमा भारत र बंगलादेश शनिवार प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]