नेक्सस कपको उपाधी युनाइटेड क्रिकेट एकेडेमी बिरगंजको पोल्टामा

  • विकेटनेपाल, मङ्सिर १४ – शुक्रबार

मिलानो नेक्सस कप यु-१६ टि-२० क्रिकेट प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरलाई २६ रनले पराजित गर्दै युनाइटेड क्रिकेट एकेडेमी बिरगंजले उपाधी हात पारेको छ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रेको युनाइटेड क्रिकेट एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १३७ रन बनाएको थियो। युनाइटेड एकेडेमी बिरगंजका म्यान अफ द म्याच समेत घोषित मोहमद समिरले ३९ बल खेल्दै २ छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाएका थिए भने इम्रान शेखले २० र सर्फराज मन्सुरीले १८ रन बनाएका थिए।

बलिङतर्फ महेन्द्रनगरका सुबोध ऐरले ३ ओभर बलिङ गर्दै ८ रन खर्चैर ३ विकेट लिँदा राहुल भण्डारीको नाममा २ रह्यो।

१३८ रनको बिजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको डिफेन्डीङ्ग च्याम्पियन टिम महेन्द्रनगरले १९.२ ओभर खेल्दै मात्र १११ रनमा समेटिदा उपविजेतामा चित्त बुझाउनु पर्यो। महेन्द्रनगरका ब्याट्सम्यान प्रबिन भट्टले ३१, प्रेम धामीले १८ र आकाश चन्दले २३ रन बनाएका थिए।

निखिल सिहले ४ विकेट लिन ३.२ ओभरमा ३२ रन खर्चिंदा ब्यास यादवले २ विकेट लिए।

म्यान अफ दि सिरिज महेन्द्रनगरका सुबोध ऐर भए भने बेष्ट ब्याट्सम्यान चितबनका प्रशान्त महत र बेष्ट बलर महेन्द्रनगरकै पारश क्षत्री घोषित भए। इमर्जिङ प्लेयर नेक्सस ‘बी’ का १० बर्षे सोहेल कुवँर बनेका छन्।

समापन समारोहका प्रमुख अतिथि निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले बिजेता टिमलाइ रु १ लाख ११ हजार १ सय ११ को सामाग्री सहित नगद र उप बिजेता लाई ६१ हजार १ सय ११ को सामाग्री सहित नगद प्रदान गर्नु भएको थियो।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]