इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ।

यसैगरी उनी कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना पनि भएकी छन्। इन्दुलाई कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, नेटवर्क डाइरेक्टर राजु टण्डन, एकेडेमिक इन्चार्ज तिर्थराज घिमिरेलगायतले स्वागत गरेका थिए।

इन्दुको नियुक्तिले खेलकुद तथा अध्ययनलाई सँग-सँगै अगाडि बढाउन खोज्ने आम विद्यार्थीलाई प्रेरणाको श्रोत हुने विश्वास गरिएको छ। क्याप्टेन वर्मालाई शैक्षिक तथा खेल जीवनका लागि आवश्यक सबै किसिमको सहयोग गरिने प्रतिबद्धता प्रिन्सिपल डा. ज्ञवालीले व्यक्त गरे।

 

‘२८ वर्ष लामो गौरवमय शैक्षिक इतिहास बोकेको कलेजको ब्राण्ड एम्बासडर तथा विद्यार्थी हुन पाउँदा मलाई मेरो खेल जीवन र अध्ययनमा थप आत्मविश्वास तथा हौसला मिलेको छ,’ इन्दुले भनिन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy