क्यानडालाई हराउँदै अमेरिका लिग-२ को शीर्ष स्थानमा

काठमाडौँ । क्यानडालाई पराजित गर्दै अमेरिकाले आइसीसी पुरुष विश्वकप लिग-२ काे शीर्ष स्थानमा उक्लिएकाे छ।

आइतबार भएकाे खेलमा अमेरिकाले क्यानडालाई ८८ रनले पराजित गरेको हो।

अमेरिकाले प्रस्तुत गरेकाे २८७ रनको लक्ष्य पछाएको क्यानडाले ४६.१ ओभरमा अलआउट हुँदै १९८ रन बनायाे।

क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ६६ रन बनाउँदा परगट सिंह ३७, निकोलस किर्टन ३२, शिभ्वम शर्माले २८ रनकाे याेग्दान गरेकाे हार टार्न सकेनन्

यता, अमेरिकाकाे लागि सौरभ नेत्रवलकरले ४ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटि गर्दै ५० ओभरमा ९ विकेट गुमाउँदै २८६ रन बनाएको थियो।

उसका लागि शायन जहाँगीरले सर्वाधिक ८९ रनकाे याेग्दान दिए। संजय प्रसाद कृष्णमूर्ति ६१, कप्तान मोनक पटेल ३१, एन्ड्रिज गौस २९, स्मित पट्टेल १७ र जस्दिप सिंहले १६ रन बनाए।

क्यानडाका लागि शिभ्वम शर्माले सर्वाधिक ४ तथा डिलोन हेलिगरले ३ विकेट हात पारे।

जितसँगै अमेरिका १९ खेलमा २६ अंकसहित लिग-२ काे शीर्ष स्थानमा उक्लिएको छ। समान २६ अंक रहेको नेदरल्यान्ड्स रनरेटको आधारमा दोस्रो स्थानमा झरेको छ। क्यानडा २० खेलमा २० अंकसहित पाँचौं स्थानमा छ।

नेपाल भने १२ खेलमा ६ अंकसहित लिग-२ को पुछारमा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy