बिराट कोहलीको २९ औं शतक, तोडे यो रेकर्ड

  • विकेटनेपाल, भदौ १५ 

श्रीलंकासंग जारि वानडे शृंखला अन्तर्गत चौथो खेलमा टस जितेर ब्याटिंग गरेको भारतको लागि बिराट कोहलीले आक्रामक शतक प्रहार गरेका छन् l

वानडे करियरको २९ औं शतक पुरा गर्दै भारतीय कप्तान कोहलीले धेरै शतक प्रहार गर्ने रेकर्डमा सनथ जयसूर्यालाई पछि पार्दै तेश्रो नम्बरमा उक्लेका छन् l

वानडे क्रिकेटमा सचिन तेन्दुलकरले ४९ वटा शतक तथा रिकी पोंटिंगले ३० शतक प्रहार गरेका छन् l जयसूर्याको २८ शतकलाई पछि पारेका कोहली अब रिकी पोंटिंग भन्दा मात्र १ शतकले पछि रहेका छन् l

२९ शतक प्रहार गर्न कोहलीले १९३ औं खेलमा १८५ इनिंग ब्याटिंग गरेका छन् l ५५ भन्दा माथिको औसत र ९१ भन्दा माथिको स्ट्राईक रेटले रन बनाईरहेका कोहली यही लयमा जाने हो भने सचिन तेन्दुलकरको रेकर्ड पनि तोड्ने आंकलन गरिन थालिएको छ l

मात्र ७६ बलमा शतक पुरा गरेका कोहलीले त्यो क्रममा १४ चौका र १ छक्का प्रहार गरेका थिए l कोहली १३१ रन बनाउदै लासिथ मालिंगाको बलमा आउट हुन पुगेका छन् l ९६ बलको इनिंगमा उनले १७ चौका र २ छक्का प्रहार गरे l

धोनीलाई पछि छोडे 

कप्तानको रुपमा बिराट कोहलीले ७ वटा शतक प्रहार गरिसकेका छन् जुन रेकर्डमा धोनीलाई पछि पारेका छन् l भारतको कप्तानको रुपमा कोहलीले वानडेमा ६ वटा शतक बनाएका छन् l भारतको लागि कप्तानको रुपमा सौरभ गांगुलीले ११ वानडे शतक प्रहार गरेका छन् l

श्रीलंका बिरुद्ध कोहलीले हालसम्म ७ वटा शतक प्रहार गरिसकेका छन् l उनि भन्दा अघि सृलानक बिरुद्ध सचिन तेन्दुलकरले ८ शतक प्रहार गर्न सकेका छन् l

https://youtu.be/g3_nP3TjyyM





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]