विराट कोहली मेस्सी भन्दा अगाडी

विकेटनेपाल, कार्तिक १२

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले फोर्ब्स पत्रिकाले सार्बजनिक गरेको धेरै ब्रान्ड भ्यालु भएको खेलाडीहरुको सुचिमा फुटबलका लियोनल मेस्सीलाई पछि पारेका छन् ।

फोर्ब्स पत्रिकाले अक्टोबर २४ तारिखमा सार्बजनिक गरेको सुची अनुसार विराट कोहली १४.५ मिलियन डलर ब्राण्ड भ्यालु सहित सातौ स्थानमा छन् भने बार्सिलोनाका चर्चित फुटबलर मेस्सी १३.५ मिलियन डलर भ्यालु सहित नवौ स्थानमा रहेका छन् । फुटबलकै क्रिस्टियानो रोनाल्डो २१.५ मिलियन डलर सहित सुची चौथो स्थानमा रहेका छन्।

सुचीमा टेनिस स्टार रोजर फेडेरर् ३७.२ मिलियन डलर ब्रान्ड भ्यालु सहित पहिलो स्थानमा छन् भने अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स ३३.४ मिलियन डलर भ्यालु सहित दोश्रो स्थानमा छन् । धावक उसेन बोल्ट ( २७ मिलियन डलर ) भ्यालु सहित तेश्रो स्थानमा छन् ।

फोर्ब्सको यो सुचीमा टप टेनमा पर्ने पहिलो भारतीय क्रिकेटर र क्रिकेटर भने कोहली होइनन । यसभन्दा अगाडी भारतकै पुर्वकप्तान समेत रहेका महेन्द्र सिंह धोनी २० मिलियन डलर भ्यालु सहित २०१४ मा पाँचौ नम्बरमा रहेका थिए भने टेस्ट क्रिकेटमा सन्यास लिएपछि पनि २०१६ मा सूचिको १० औं नम्बरमा रहेका थिए।

विराट कोहलीले सन् २००९ मा रास्ट्रीय क्रिकेट टिमको लागि पहिलोपल्ट खेलका थिए त्यो भन्दा अगाडी सन् २००८ मा उनकै कप्तानीमा भारत यु१९ विश्वकपको च्याम्पियन बनेको थियो । त्यसपछि लगातार उत्कृस्ट प्रदर्शन गर्दै आइरहेका उनले भारतलाई २०११ को एकदिवसीय विश्वकप जिताउदा ३५ रन बनाउदै गौतम गम्भीरसंग तेस्रो विकेटका लागि ८३ रनको पार्टनरसिप गरेका थिए । सन् २०१४ मा महेन्द्र सिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि कप्तान बनेका उनले २०१६ मा सबै फर्म्याटको कप्तानी पाएका थिए ।

हालसालै २०० एकदिवसीय खेलेका उनले त्यो समयसम्म सबैभन्दा धेरै ८८८८ रन बनाएका छन् त्यस्तै २०० औं एकदिवसीयमा शतक बनाउने एबी डी भिल्लियर्स पछी दोश्रो ब्याट्सम्यान बनेका छन् । कप्तान कोहलीको नाममा ३१ एकदिवसीय शतक छ जुन सचिन तेन्दुलकर को ४९ शतक पछीको सर्बाधिक दोश्रो हो ।

न्युजिल्यान्ड बिरुद्दको पहिलो एकदिवसीयमा ३१औं सतक प्रहार गरेपछि कोहली (तस्बिर: आइसीसी)

यसबर्ष खेलाडीहरुले गरेको आम्दानिको आधारमा तयार पारिएको लिस्टमा उनीहरुले विभिन्न बिज्ञापन र कम्पनिहरुको ब्राण्ड एम्बेस्डर बने बापत प्राप्त रकम जोडिएको छ भने क्रिकेट खेलबाट प्राप्त गरेको पारिश्रमिक र बोनसको रकम नजोडिएको फोर्ब्सले जनाएको छ ।

२०१७ का मस्ट भ्यालुएबल खेलाडी

१. रोजर फेरेडर – ३७.२ मिलियन डलर

२. लेब्रन जेम्स – ३३.४ मिलियन डलर

३. उसेन बोल्ट – २७ मिलियन डलर

४. क्रिस्टियानो रोनाल्डो – २१.५ मिलियन डलर

५. फिल मिकेल्सन – १९.६ मिलियन डलर

६. टाइगर उड्स – १६.६ मिलियन डलर

७. विराट कोहली – १४.५ मिलियन डलर

८. रोरी मेक्लोरी – १३.६ मिलियन डलर

९. लियोनल मेस्सी – १३.५ मिलियन डलर

१०. स्टेफ केरी – १३.४ मिलियन डलर

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]