स्मिथलाई पछि पार्दै विराट कोहली नम्बर १ टेस्ट ब्याट्सम्यान

भारतीय कप्तान विराट कोहलीले पुर्व अस्ट्रेलियन कप्तान स्टिव स्मिथलाई पछी पार्दै आइसीसीद्वारा जारि पछिल्लो टेस्ट बरियतामा नम्बर १ ब्याट्सम्यान बनेका छन्। स्मिथ दक्षिण अफ्रिका भ्रमण अन्तर्गत बल तेम्परिंग घोटालामा   परेपछि अस्ट्रेलिया क्रिकेट बोर्डको १२ महिने निलम्बनमा परेका छन्।

विराट कोहलीले इंग्ल्याण्ड भ्रमण अन्तर्गतको पहिलो टेस्ट खेलमा ३१ रनको पराजयको बाबजुत पहिलो पारीमा १४९ रन र दोश्रो पारिमा ५१ रन बनाएपछि ३१ पोइन्ट प्राप्त गर्दै आफ्नो करियरकै उत्कृस्ट ९३४ रेटिंग पोइन्ट पाएका छन्। यसअघि शिर्ष स्थानमा रहेका स्मिथको ९२९ रेटिंग पोइन्ट रहेको छ।

कप्तान कोहली यसअघि सन् २०१४ को इंग्ल्याण्ड भ्रमणमा १० पारीमा मात्र १३४ रन बनाएपछि आलोचित बनेका थिए तर अहिलेको सिरिजको पहिलो खेलमा उत्कृस्ट प्रदर्शन गर्दै टेस्ट क्रिकेटमा सर्बाधिक रेटिंग पोइन्ट पाएका अस्ट्रेलियन क्रिकेटर सर डन ब्राडम्यानभन्दा मात्र २७ रेटिंग पोइन्टले पछाडी रहेका छन्।

निलम्बन पछी अस्ट्रेलियाले एक टेस्ट म्याच खेल्दा स्मिथले ९ रेटिंग पोइन्ट गुमाए भने अफगानिस्तानसँगको ऐतिहासिक टेस्ट खेल गुमाएका कोहलीले पनि समान ९ रेटिंग पोइन्ट गुमाएका थिए।

बर्तमान आइसीसी टेस्ट ब्याट्सम्यान बरियता

१. विराट कोहली (भारत), ९३४

२. स्टिव स्मिथ (अस्ट्रेलिया), ९२९

३. जोए रुट (इंग्ल्याण्ड), ८६५

४. केन विलियम्सन (न्युजिल्यान्ड), ८४७

५. डेभिड वार्नर (अस्ट्रेलिया), ८२०

टेस्ट क्रिकेटमा सर्बाधिक रेटिंग पोइन्ट प्राप्त गर्ने खेलाडीहरु:

ID Rat. Name Nat. Career Best Rating
1 961 D.G. Bradman AUS 961 v India, 10/02/1948
2 947 S.P.D. Smith AUS 947 v England, 30/12/2017
3 945 L. Hutton ENG 945 v West Indies, 03/04/1954
4 942 J.B. Hobbs ENG 942 v Australia, 23/08/1912
4 942 R.T. Ponting AUS 942 v England, 05/12/2006
6 941 P.B.H. May ENG 941 v Australia, 27/08/1956
7 938 C.L. Walcott WI 938 v Australia, 15/06/1955
7 938 K.C. Sangakkara SL 938 v England, 05/12/2007
7 938 I.V.A. Richards WI 938 v England, 31/03/1981
7 938 G.S. Sobers WI 938 v India, 17/01/1967
11 935 M.L. Hayden AUS 935 v England, 11/11/2002
11 935 J.H. Kallis SA 935 v New Zealand, 22/11/2007
11 935 A.B. de Villiers SA 935 v Australia, 24/02/2014
14 934 V. Kohli IND 934 v England, 04/08/2018

प्रकाशित मिति: २०७५/०४/२० गते





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]