बिराट कोहलीले बनाए यस्तो रेकर्ड जसमा बिश्वका एकसेएक ब्याट्सम्यान पछाडी

  • विकेटनेपाल, १४ साउन

भारतीय कप्तान बिराट कोहलीले श्रीलंकासंग जारि टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टमा शतकीय १०३ रनको पारि खेल्नेक्रममा टिमलाई जित मात्रै दिलाएनन् आफुलाई क्रिकेटको तिन वटै फर्म्याटमा उत्कृस्ट समेत साबित गरेका छन् l

कोहली त्यस्तो ब्याट्सम्यान बनेका छन् जसको ब्याटिंग औसत क्रिकेटको ३ वटै फर्म्याट टेस्ट, एकदिवसीय र टि-२० मा ५० भन्दा माथि रहेको छ l तिनवटै फर्म्याटमा यो औसत बिश्व क्रिकेटमा कुनै पनि ब्याट्सम्यानको छैन l

श्रीलंकासंग अविजित शतकपछि कोहलीले टेस्ट औसतमा सुधार गर्दै ५०.०३ पुर्याएका छन् भने एकदिवसीयमा उनको औसत ५४.६८ तथा टि-२० मा उनको औसत ५२.९६ को रहेको छ l

कसको औसत कति ? 

WicketNepal.com

ब्याट्सम्यान

                                     औसत    
टेस्ट एकदिवसीय टि-२०
बिराट कोहली ५०.०३ ५४.६८ ५२.९६
हासिम आम्ला ४९.४३ ५०.२५ ३२.४२
महेन्द्रसिंह धोनी ३८.०९ ५१.३२ ३५.६१
एबी डिभीलर्स ५०.४६ ५३.५५ २५.८५
जोए रुट ५३.५७ ४९.३७ ४०.३३
स्टिभ स्मिथ ६१.०५ ४४.२६ २१.५५
केन विलियमसन् ५१.१६ ४९.९८ ३६.२९

 

दक्षिण अफ्रिकी ब्याट्सम्यान हासिम आमलाको औसत एकदिवसीयमा ५०.२५ रहे पनि टेस्टमा ४९.४३ र टि-२०मा ३२.४२ रहेको छ l यस्तै एबी डिभीलर्सको औसत टेस्टमा ५०.४६, एकदिवसीयमा ५३.५५ रहेको छ भने टि-२०मा २५.८५ मात्रै रहेको छ l अस्ट्रेलियन कप्तान स्टिभ स्मिथको औशत टेस्टमा ६१.०५ रहेपनि एकदिवसीयमा ४४.२६ र टि-२० मा २१.५५ रहेको छ l

जोए रुटको टेस्टमा औसत ५३.५७ छ भने एकदिवसीयमा ४९.३७ र टि-२०मा ४०.३३ रहेको छ l ©ICC

यस्तै न्युजिल्याण्ड ब्याट्सम्यान केन विलियमसनको औसत टेस्टमा ५१.१६ रहेपनि एकदिवसीयमा ४९.९८ तथा टि-२० मा ३६.२९ मात्र रहेको छ l इंग्ल्याण्ड स्टार ब्याट्सम्यान जोए रुटको टेस्टमा औसत ५३.५७ छ भने एकदिवसीयमा ४९.३७ र टि-२०मा ४०.३३ रहेको छ l

२८ बर्षिय कोहलीले टेस्टमा १७ शतक सहित ४६०३ रन बनाएका छन् भने १८९ एकदिवसीयमा ८२५७ रन बनाउने क्रममा २८ शतक प्रहार गरिसकेका छन् l यस्तै ४९ वटा टि-२० शतक प्रहार गर्न नसकेका उनले १७४८ रन बनाएका छन् l

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]