विराट कोहली र स्टिव स्मिथ एकै टिमबाट खेल्न सक्ने

  • विकेटनेपाल, बैशाख ५ – बुधबार

भारतीय कप्तान विराट कोहली र अस्ट्रेलियाका पुर्व-कप्तान स्टिव स्मिथ एकै टिमबाट खेल्न सक्ने सम्भावना बढेको छ । यी दुई उत्कृस्ट ब्याट्सम्यानहरु इंग्ल्याण्डको घरेलु क्रिकेट काउन्टी क्रिकेट खेल्न सक्ने छन् ।

क्रिकेट.कम.एयुले लेखेको समाचार अनुसार काउन्टी टिम सर्रे स्टिव स्मिथलाई लिनको लागि इछ्युक रहेको जनाएको छ भने विराट कोहली यसअघि नै खेल्नको लागि उपस्थित हुने जनाईसकेका छन् ।

स्टिव स्मिथ केहि समय अघि दक्षिण अफ्रिकासँग भएको टेस्ट सिरिजमा बल टेम्परिंगको कारण १ बर्षको लागि अस्ट्रेलियाको घरेलु क्रिकेट तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्नबाट निलम्बित भएका छन् तर अस्ट्रेलियाकै प्रिमियर क्रिकेट र अन्य देशको घरेलु क्रिकेट खेल्न भने उनलाई रोकिएको छैन ।  स्मिथ सँगै तत्कालिन उपकप्तान डेविड वार्नरलाई १ वर्ष र युवा खेलाडी क्यामरुन ब्यान्क्राफ्टलाई ९ महिना प्रतिबन्धित गरिएको छ ।

अहिले सर्रेका प्रशिक्षक रहेका डी भेनुटो सन् २०१६ सम्म अस्ट्रेलियाको ब्याटिंग प्रशिक्षक रहेकोले ब्याण्ड भएका खेलाडीहरुसँग उनि नजिक रहेका थिए ।

जारि सिजनको लागि सर्रेले अस्ट्रेलियाका मिचेल मार्सलाई बोलाएको थियो तर उनको अपरेसनको कारणले उनि टिममा सिजनको अन्त्यतिरमात्रै फर्किने छन् भने दक्षिण अफ्रिकाका ओपनर डीन एल्गर पनि अप्रिल र मे महिनाको लागि मात्रै उपस्थित हुने जनाएका छन् ।

अफगानिस्तानले भारतसँग आफ्नो पहिलो टेस्ट क्रिकेट खेल्ने समयमा भारतीय कप्तान विराट कोहली इंग्ल्याण्डको काउन्टी क्रिकेट खेल्ने छन् जसलाई भारतको इंग्ल्याण्डभ्रमणको पहिलो तयारिको रुपमा लिइएको छ । कोहलीको सन् २०१३ भ्रमणमा खराब रेकर्ड रहेकाले उनि आफ्नो प्रदर्शन सुधार गर्नको लागि पहिलोपल्ट बिदेशी लिग खेल्दै छन् ।

काउन्टी क्रिकेट इंग्ल्याण्डको चार दिवसीय प्रथम श्रेणीको क्रिकेट प्रतियोगिता हो ।

श्रोत: क्रिकेटअस्ट्रेलिया





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]