कोहलीले गरे ८५ बर्षमा ३३ कप्तानले गर्न नसकेको यो काम

  • विकेटनेपाल, ३१ साउन

भारत र श्रीलंका बीच सोमबार सकिएको तेश्रो टेस्ट इनिंग र १७१ रनले जित्दै भारतले ३ टेस्ट म्याचको सिरिज ३-० ले व्हाइटवास गरेको छ l

टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक भारतले बिदेशी भूमिमा ३ टेस्ट म्याचको सिरिज व्हाइटवास गर्दै इतिहास रचेको छ l

टेस्टमा भारतले टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा शिखर धवनको ११९,  हार्दिक पान्ड्याको १०८ रन मदतले ४८७ रन बनाएको थियो l श्रीलंकाले आफ्नो पहिलो इनिंगमा १३५ रनमै सम्पूर्ण विकेट गुमाएपछि भारतले श्रीलंकालाई फलो अन दिएको थियो l पुनः ब्याटिंग गरेको श्रीलंकाले दोश्रो इनिंगमा मात्र १८१ रनमै सबै विकेट गुमाएको थियो l पहिलो इनिंगमा भारतीय बलर कुलदिप यादबले सर्बाधिक ४ विकेट लिएका थिए भने दोश्रो इनिंगमा रबिचन्द्रन आश्विनले ४ तथा मोहम्मद शामीले ३ विकेट हात पारे l

८५ बर्षमा ३३ कप्तानले गर्न नसकेको काम 

विदेशी भूमिमा ३ टेस्टको सिरिज व्हाइटवास गर्न भारतले ८५ बर्ष कुर्नु पर्यो जुन अबधिमा ३३ कप्तान फेरिए l बिराट कोहलीले ८५ बर्ष लामो प्रतिक्षालाई समाप्त गर्दै इतिहास रचेका हुन् l

भारतले सन् १९३२ देखि टेस्ट खेल्न सुरु गरेको थियो जसपछि बिदेशी भूमिमा ७८ औँ सिरिज खेल्ने क्रममा बल्ल यो सफलता हात परेको हो l

©ICC

लगातार सिरिज जीतको बर्ल्ड रेकर्डबाट भारत १ कदम टाढा 

श्रीलंकालाई सिरिजमा पराजित गरेसंगै भारतले २०१५ देखि २०१७ सम्म लगातार ८ वटा टेस्ट सिरिज जितीसकेको छ l सन् २००५-६ देखि २००८ सम्म अस्ट्रेलियाले रिकी पोंटिंगको कप्तानीमा लगातार ९ टेस्ट सिरिज जितेको थियो l अब एउटा टेस्ट सिरिज जिते भारतले बिश्व रेकर्ड बराबरी गर्नेछ l

२०१५ मा श्रीलंकालाई २-१ ले पराजित गरेपछि भारतले कुनै पनि सिरिज गुमाएको छैन l

भारतको सिरिज जीत

१. २०१५ , श्रीलंकालाई २-१
२. २०१५-१६ , दक्षिण अफ्रीकालाई ३-०
३. २०१६  , वेस्टइन्डिजलाई २-०
४. २०१६-२०१७ , न्युजिल्याण्डलाई ३-०
५. २०१६-१७ , इंग्ल्याण्डलाई ४-०
६. २०१६-१७ , बंगलादेशलाई १-०
७. २०१६-१७ , अस्ट्रेलियालाई २-१
८. २०१७ , श्रीलंकालाई ३-०

भारतको दोश्रो ठुलो जित 

श्रीलंकालाई इनिंग र १७१ रनले पराजित गरेको भारतको यो बिदेशी भुमिमा यो दोश्रो ठुलो जित हो l यस भन्दा १० बर्ष अघि बंगलादेशलाई भारतले इनिंग र २३९ रनले पराजित गरेको थियो l

श्रीलंकाको निराशाजनक हारको कारण टस ? 

श्रीलंकन कप्तान दिनेश चण्डीमालले भारतसंग हार पछि खेल जीवनकै निराशाजनक हारको प्रतिक्रिया दिंदै ३ वटै टेस्टमा टस हार्नु पनि खराब प्रदर्शनको कारण बताएका छन् l

“टसलाई नियन्त्रण गर्न सकिन्न l एउटा टिमको लागि निकै कठिन सिरिज थियो l भारतले राम्रो खेल्यो l”

“हाम्रो बलिंग र ब्याटिंग अत्यन्त कमजोर रह्यो, हामी धैर्य हुनुपर्छ र अझ ध्यान दिनु पर्नेछ”





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]