च्याम्पियन्स ट्रफी : कोहलीको शतकमा भारतको दोस्रो जित

२०८१ फाल्गुन १२, सोमबार ०९:०१

विराट कोहलीको शतक सहयोगमा भारतले च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ।

च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो।

पाकिस्तानले दिएको २४२ रनको मध्यम लक्ष्य भारतले ४२‍‍.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ण्ण् रन जोडे। उनले १ सय ११ बलको सामना गर्दै ७ चौका प्रहार गरे।

कोहलीले तेस्रो विकेटका लागि श्रेयश अय्यरसँग मिलेर ११४ रनको साझेदारी गरे। अय्यरले ६७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५६ रन जोडे।

शुभमन गिल ४६ तथा कप्तान रोहित शर्मा २० रनमा आउट भए। पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २४१ रनमा समेटियो।

जितसँगै भारत दुई खेलमा अपराजित रहँदै ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ। पाकिस्तान २ खेलमा अंकबिहीन रहँदै समूह ‘ए’ को पुछारमा छ ।

पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको पाकिस्तान अर्को हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy