च्याम्पियन्स ट्रफी : कोहलीको शतकमा भारतको दोस्रो जित

विराट कोहलीको शतक सहयोगमा भारतले च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ।

च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो।

पाकिस्तानले दिएको २४२ रनको मध्यम लक्ष्य भारतले ४२‍‍.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ण्ण् रन जोडे। उनले १ सय ११ बलको सामना गर्दै ७ चौका प्रहार गरे।

कोहलीले तेस्रो विकेटका लागि श्रेयश अय्यरसँग मिलेर ११४ रनको साझेदारी गरे। अय्यरले ६७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५६ रन जोडे।

शुभमन गिल ४६ तथा कप्तान रोहित शर्मा २० रनमा आउट भए। पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २४१ रनमा समेटियो।

जितसँगै भारत दुई खेलमा अपराजित रहँदै ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ। पाकिस्तान २ खेलमा अंकबिहीन रहँदै समूह ‘ए’ को पुछारमा छ ।

पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको पाकिस्तान अर्को हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]