यो-यो टेस्टमा फेल हुँदैअम्बाती रायडु टिमबाट बाहिर, के हो यो-यो टेस्ट ?

  • विकेटनेपाल, असार २ – शनिबार

भारतीय क्रिकेट टिम करिब १ महिनापछी लिमिटेड ओभर तथा टेस्ट क्रिकेटको लागि आयरल्याण्ड र इंग्ल्याण्डको भ्रमण गर्दैछ। उक्त भ्रमणलाई मध्यनजर गर्दै टिमले यसअघि नै आयरल्याण्ड र इंग्ल्याण्डबिरुद्द हुने टि२० र एकदिवसीय सिरिजको लागि टिम घोषणा गरिसकेको   छ।

तर पुर्वघोषित टिममा रहेका अम्बाती रायडुले भने उक्त सिरिज गुमाउन सक्ने सम्भावना बढेको छ। इन्डियन प्रिमियर लिग २०१८ को सिजनमा करिब १५० को स्ट्राइक रेटमा ६०२ रनको महत्त्वपूर्ण प्रदर्शन गर्दै टिमलाई उपाधी जिताउन महत्त्वपूर्ण भूमिका खेलेका रायडु यो-यो फिटनेस टेस्ट पास गर्न नसकेकै कारण टिमबाट बाहिरिने सम्भावना बढेको हो। भारतीय क्रिकेट टिममा खेलाडीहरुबीच प्रतिस्पर्धा बढेसँगै यो-यो टेस्टलाई अनिवार्य गरिएको हो।

भारतीय टिममा छनोट हुनको लागि कुनैपनि खेलाडीले कम्तिमा १६.१ अंक प्राप्त गर्नुपर्ने हुन्छ।

यसअघि भारत र अफगानिस्तानबीच भएको एकमात्र टेस्टको लागि छनोट भएका तिब्र गतिका बलर मोहम्मद शामीले उक्त अङ्क प्राप्त गर्न नसकेको भन्दै पुनः ट्रायल दिएर पास नहुन्जेलको लागि टिमबाट बिदाई गरेको थियो।

During his time as India coach, Anil Kumble made passing the yo-yo test a mandatory requirement for selection to the team AFP/Getty Images

के हो यो-यो टेस्ट ?

यो-यो टेस्ट खेलाडीहरुको फिटनेस टेस्ट जाँच्ने माध्यम हो जसमा खेलाडीहरुले २० मिटरको दुरीमा रहेका दुई लाइनहरुबीच चक्कर लगाउने गर्दछन्। यसमा ‘बिप’ टोन सेट गरिएको हुन्छ जसअनुसार एकपटक टोन बजेपछि पुनः अर्कोपटक बज्दा खेलाडीले त्यो २० मिटरको दुरी पार गरिसकेको हुनुपर्छ।

जब खेलाडीले एउटा गतिमा १ चक्कर लगाउँछन् त्यसपछि १० सेकेन्डको समयभित्र पुनः दौडको लागि तयारि हुनुपर्छ।

यो टेस्टमा खेलाडीहरुले स्पिड लेभल ५ मा १ चक्कर लगाउँछन् भने त्यसपछि गति बढ्दै ९, ११, १२, १३, १४ गर्दै बढ्छ जसको सर्बाधिक गति २३ सम्म रहेको हुन्छ। लेभल ५ र ९ मा १ चक्कर हुन्छ भने ९ मा २ चक्कर, ११ मा ३ चक्कर, १२ मा ३, १३ मा ४ गर्दै अझै बढाउन सकिन्छ।

यो-यो टेस्टमा भारतीय खेलाडीले टिममा पर्न तल्लो लेभल पार गर्दै कम्तिमा स्पिड लेभल १६ मा १ चक्करसम्म पुरा गर्नुपर्छ। पाकिस्तानको लागि भने यो स्पिड बढेर १७ र ४ चक्कर रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डको टिमले सर्बाधिक धेरै लेभल निर्धारण गरेको छ तर टिममा पर्न यो टेस्ट पास गर्नैपर्ने भने होइन।

अन्य देशले निर्धारण गरेको यो-यो टेस्टको लेभल (श्रोत: क्रिकइन्फो)

 

कसरि गरिन्छ यो यो टेस्ट (भिडियो)

[youtube https://www.youtube.com/watch?v=nkOk_P5VnOA]





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]