- विकेटनेपाल, २० पौष – बिहिबार
क्रिकेट जगतमा भगवानको उपनामले चिनिने सचिन तेन्दुलकरको नाममा विश्व क्रिकेटका धेरै रेकर्ड रहेका छन् । महान भारतीय ब्याट्सम्यान तेन्दुलकरको नाममा टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने, एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने, सर्वाधिक अन्तराष्ट्रिय शतक बनाउने जस्ता कयौं रेकर्ड रहेका छन् ।
वर्तमान विश्व क्रिकेटमा विराट कोहली, स्टिभ स्मिथ जस्ता खेलाडीले लगातार रुपमा आफुलाई प्रमाणित गर्दै आएका छन् । यी खेलाडीहरुको लगातारको उत्कृस्ट प्रदर्शनले पनि कतै कुनै खेलाडीले उनै भगवान मानिएका सचिन तेन्दुलकरको रेकर्ड तोड्ने त हैनन् भन्ने प्रश्न चिन्ह समेत खडा गरेको छ । त्यतिमात्र हैन, एक सार्वजनिक कार्यक्रममा स्वयम् सचिन तेन्दुलकरले पनि यदि मेरो रेकर्डहरु कसैले तोड्न सक्छ भने ति खेलाडी या त बिराट कोहली या रोहित शर्मा हुनेछन भनेरनै भनेका थिए।
सारा विश्वलेनै कोहली, स्मिथ जस्ता खेलाडीलाई तेन्दुलकरको रेकर्ड तोड्ने सम्भावित खेलाडीको रुपमा हेरीरहंदा इंग्ल्यान्डका पुर्व खेलाडी बब विल्लिसले भने इंग्ल्यान्डका टेस्ट ओपनर एलेस्टर कुकले सचिन तेन्दुलकरको रेकर्ड तोड्न सक्ने दावी गरेका छन्।

इंग्ल्यान्डका लागि ९० टेस्ट खेल्दै ३२५ विकेट लिएका विल्लिसले, तेन्दुलकरको रेकर्ड तोड्न सक्ने एक मात्र खेलाडी कुक रहेको बताएका छन्। कुकले टेस्ट क्रिकेटमा ११,९५६ रन बनाईसकेका छन् । सर्वाधिक टेस्ट रनको मामला उनि तेन्दुलकरभन्दा ३,९६५ रन पछी छन्।
‘द सन’ नामक अंग्रेजी पत्रिकासंगको कुराकानीमा बब विल्लिसले, अबको ४ बर्षमा कुकले तेन्दुलकरको रेकर्ड तोड्न सक्ने दावी गरेका हुन्- “कुक अहिले ३३ बर्षका छन् र अब उनले ४ बर्षमा क्रिकेटका भगवान सचिन तेन्दुलकरको रेकर्ड तोड्न सक्छन् ”
बिल्लिसले कुराकानीका क्रममा एलेस्टर कुक र जोए रुटसंग १० घण्टाभन्दा बढी ब्याटिंग गर्न सक्ने क्षमता रहेको समेत दावी समेत गरे- ” सायद अरुले मेरो कुरा बिश्वास नगर्लान, तर कुक र रुटमात्र त्यस्ता दुई ब्याट्सम्यान हुन् जो १० घण्टाभन्दा बढी सम्म ब्याटिंग गर्न सक्छन् ।”

कुकले तेन्दुलकरको रेकर्ड तोड्न सक्लान या नसक्लान त समयलेनै बताउने छ। सचिन तेन्दुलकरले आफ्नो खेल जीवनमा २०० टेस्टको ३२९ इनिंगमा ५३.७९ को औशतले १५,९२१ रन बनाएका थिए। कुकले अहिलेसम्म १५१ टेस्टमा ४६.५२ को औसतमा ११,९५६ रन बनाईसकेका छन् । ३३ बर्षीय कुक आफ्नो क्यारियरको अन्तिम मोडमा पनि छन् ।
उता क्रिकेटको दुनियामा एक माथि अर्को किर्तिमानलाई आफ्नो नाममा पार्दै आएका बिराट कोहली भने सर्वाधिक टेस्ट रनको सुचीमा ९० औं स्थानमा छन्। ६३ टेस्ट खेलेका कोहलीले १०६ इनिंगमा ५,२६८ रन बनाएका छन्।
टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा शिर्ष स्थानमा सचिन तेन्दुलकर छन्। दोस्रो स्थानमा अष्ट्रेलियाका माहान खेलाडी रिक्की पोंटिंग रहेका छन्। दक्षिण अफ्रिकाका ज्याक कालिस तेस्रो, भारतका राहुल द्रविड चौथो र श्रीलंकाका कुमार संगाकारा पाँचौ स्थानमा छन्।
टेस्ट क्रिकेटमा धेरै रन बनाउने ब्याट्सम्यानहरु –
सचिन तेन्दुलकर ( भारत ) – १५९२१
रिकी पोंटिंग ( अस्ट्रेलिया ) – १३३७८
ज्याक कालिस ( दक्षिण अफ्रीका ) – १३२८९
राहुल द्रविड ( भारत ) – १३२८८
कुमार संगाकारा ( श्रीलंका ) – १२४००
एलेस्टर कुक ( इंग्ल्यान्ड ) – ११९९५
ब्रायन लारा ( वेस्ट इन्डिज ) – ११९५३
शिभ नारायण चन्द्रपाल – ११८५७
महेला जयबर्द्धने ( श्रीलंका ) – ११८१४
एलेन बोर्डर ( अस्ट्रेलिया ) – १११७४
स्टिभ वा ( अस्ट्रेलिया ) – १०९२७
सुनिल गावस्कर ( भारत ) – १०१२२
युनिस खान ( पाकिस्तान ) – १००९९