युएई बिरुद्द वेस्ट इन्डिजको कमजोर ब्याटिंग

२०७४ फाल्गुन १७, बिहीबार १७:५७

  • विकेटनेपाल – १७ फाल्गुन, बिहिवार

मार्च ४ तारिख देखि आयोजना हुन लागेको विश्वकप छनौट प्रतियोगिताको लागि जिम्बाबेमा बिहिवार पनि अभ्यास खेलहरु हुँदैछन्।

आफ्नो दोस्रो अभ्यास खेलमा समूह “ए” मा रहेको वेस्ट इन्डिजले सोहि समूहको युएईको सामना गर्दैछ।

टस जित्दै युएईले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको विन्डिज टोलिले खराब प्रदर्शन गर्यो। मात्र ३३.४ ओभरमा सबै विकेट गुमाएर वेस्ट इन्डिजले ११५ रन मात्र जोड्न सक्यो। उसको इनिंगमा सिम्रोन हेट्माएरले सर्वाधिक २०, क्रिस गेलले १६, मार्लान स्यामुल्सले १५ तथा एभिन लुईसले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पहिलो विकेटका लागि क्रिस गेल र एभिन लुईसले ३१ रनको साझेदारी गरेपनि त्यसपछि अन्य कुनै जोडीले क्रिजमा जमेर रन बनाउन सकेनन्। वेस्ट इन्डिजलाई सस्तैमा समेट्न युएईका लेग स्पिनरइमरान हाईडर एक्लैले ४ विकेट चट्काए। आफ्नो ८ ओभरको स्पेलमा इम्रानले १६ रन खर्चेर ४ विकेट निकाले। यस्तै मोहम्मद नाभेद, रोहन मुस्तफा र अहमद राजाले समान २-२ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा युएईले पनि खराब ब्याटिंग गरेको छ र २१ ओभर सकिंदा ५७ रनको स्कोरमा ६ विकेट गुमाईसकेको छ।

आफ्नो पहिलो अभ्यास खेलमा वेस्ट इन्डिज अफगानिस्तान बिरुद्द डीएल मेथडको आधारमा २९ रनले पराजित भएको थियो। यस्तै युएई भने नेपालसंग ५ विकेटले पराजित भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy