जिम्बाबेलाई पहिलो हार चखाउदै वेस्ट इन्डिज शिर्षस्थानमा

  • विकेटनेपाल, चैत्र ६ – मंगलबार

जिम्बाबेमा जारि विश्वकप छनौट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न सुपर सिक्स चरणको खेलमा वेष्ट इन्डिजले घरेलु टिम जिम्बाबे माथि रोमान्चक जित दर्ता गरेको छ। यस जितसंगै वेष्ट इन्डिज अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने पहिलो हार पछि जिम्बाबे दोश्रो स्थानमा रहेको छ।

हरारे मैदानमा सम्पन्न खेलमा जिम्बाबेले दिएको २९० रनको लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर ४९ ओभरमा पुरा गरेको थियो। वेष्ट इन्डिजको जितमा मार्लोन स्यामुल्सले ८० बलमा ८६ रन (६ चौका र ४ छक्का) बनाए। उनले शाही होपसंग तेश्रो विकेटको लागि १३५ रनको म्याच जिताउ सम्झेदारी गरे। शाही होपले ९७ बलमा ७६ रन (५ चौका र १ छक्का) बनाए। त्यसैगरी ओपनर ब्याट्सम्यान इभिन लेविसले ७५ बलमा ६४ रनको ( ७ चौका र १ छक्का) योगदान दिए।

जिम्बाबेका लागि कप्तान ग्रेम क्रिमर र ब्लेसिन मुजारबानीले २/२ विकेट लिए भने  सिकन्दर राजा र सेन विलियम्सले १-१ विकेट आफ्नो नाममा परे।

यसअघि टस जितेर पहिलो ब्याटिंग गरेको जिम्बाबेले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै २८९ रन बनाएको थियो। उसका लागि विकेट-किपर ब्याट्सम्यान ब्रेण्डन टेलरले शानदार शतक प्रहार गरेका थिए। यसक्रममा उनले १२४ बलको सामना गर्दै १३८ रन बनाए जसमा २० चौका र २ छक्का सामेल थियो। उनले चौथौ विकेटका लागि सेन विलियम्स (३४ रन) संग ७६ रन र पाँचौ विकेटका लागि सिकन्दर राजा (२२ रन) संग ७९ रनको महत्पूर्ण सम्झेदारी गरे। त्यसैगरी ओपनर ब्याट्सम्यान सोल्मोन मिरे ४५ रन जोडे।

बलिंगतर्फ कप्तान जासन होल्डर एक्लैले ४ विकेट हात परे। उनले १० ओभेरको स्पेलमा ३५ रन खर्चेका लिए। त्यसैगरी केमार रोचले ३ तथा किमो पलले २ विकेट निकाले। खेलमा उत्कृस्ट ब्याटिंग गरेका मार्लोन स्यामुल्स प्लेयर अफ दि म्याच घोषित भए ।

फोटोहरु : – ( आईसीसी)

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]